१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

तस्करको कुटाइ खाएका प्रहरीले गोली चलाउँदा निर्दोष घाइते

टीकापुर— कैलालीको पथरैयामा काठ तस्कर र प्रहरीबीच गएराति झडप हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय वीरेन्द्र जैशी र अमरावती प्रहरी चौकीका सई रहेका छन्।

ण्डै आधा किलोमिटर पर मान्छेहरुको भिड देखेपछि सईले आत्मसुरक्षाको लागि पुनः दुई राउण्ड फायर गरेको डिएसपी पाठकले बताए। ती व्यक्तिहरु काठ तस्कर नभएर स्थानीय भएको उनले बताए। जैशी सोही क्रममा गोली लागेर घाइते भएको हुनाले उनी निर्दोष हुनसक्ने पाठकले बताए।

प्रहरीले प्रहार गरेको गोली लागेर जैशी घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुर इञ्चार्ज डिएसपी सुदिपराज पाठकले जानकारी दिए। उनको पेटमा गोली लागेको छ। जैशीलाई उपचारका लागि काठमाडौं लगिएको छ।

सईमाथि कुटपिट भएको छ। सँगै रहेका प्रहरी जवानलाई काठ तस्करले घेरा हालेर कुटपिट गर्न थालेपछि उनी भागेका थिए। २ राउण्ड हवाई फायर गरेपछि उम्किएका थिए।

केही समयपछि झण्डै आधा किलोमिटर पर मान्छेहरुको भिड देखेपछि सईले आत्मसुरक्षाको लागि पुनः दुई राउण्ड फायर गरेको डिएसपी पाठकले बताए। ती व्यक्तिहरु काठ तस्कर नभएर स्थानीय भएको उनले बताए। जैशी सोही क्रममा गोली लागेर घाइते भएको हुनाले उनी निर्दोष हुनसक्ने पाठकले बताए।

अमरावती प्रहरी चौकीबाट गस्तीमा रहेको प्रहरीले काठ बोकेको गोरुगाडा रोकेपछि काठ तस्करले आक्रमण गरेका थिए। गोरुगाडामा रहेका एक व्यक्ति हत्कडी लगाएकै अवस्थामा फरार भएका छन्। उनीको खोजी भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ फाल्गुन २०७३ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App