१२ असार २०८१ बुधबार
image/svg+xml

आहा ! शैलुङ (फोटो फिचर)

माथी माथी शैलुङेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई.. कुन्ती मोक्तानको चर्चित यो गित सुन्ने बितिकै सबैलाई दोलखास्थित सुन्दर पर्यटकीय क्षेत्र शैलुङको याद आउँछ।

शोकमा शैलुङ गाउँ

गाउँलेले बाघखोर बजारदेखि काटाकुटी गाउँ जोड्ने सडक खनेपछि अरनिको यातायात समितिलाई सो बाटोमा गाडी हाल्न अनुरोध पठाए। तर समितिले यात्रु नपुग्ने कारण देखाउँदै गाउँबाट सीधै राजधानी जाने गाडी हाल्न मानेन। उसले गाउँले सामु ‘गाउँका लागि सुविधा त दिने तर यहाँबाट बाघखोर देउराली बजारसम्म लोकल गाडीले यात्रु ओसार्न पाउनुपर्ने र त्यहाँमाडौं जाने गाडी भेट्ने गरी सो गाउँका लागि १० वटा सिट छुट्याउने’ सर्त तेस्यायो।

राजनीतिक आडमा शैलुङलाई उन्मुक्ति

दलका नेताको संरक्षण पाउँदा कामचोर ठेकेदार कम्पनीलाई कारबाही गर्न नसकिएको कर्मचारी बताउँछन्। विभागका एक अधिकारी भन्छन्– ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही प्रक्रियामा ल्याउन खोज्ने कर्मचारी सरुवामा पर्छन्।

‘शैलुङ यात्रा’ वृतचित्र प्रदर्शन

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सबै मिलेर शैलुङको विकास गर्नु पर्नेमा जोड दिएका छन्।

दोरम्बाको नाम ‘दोरम्बा शैलुङ’

रामेछापको दोरम्बा गाउँपालिकाले स्थानीय निर्वाचन भएको अढाई वर्षपछि नाम परिवर्तन गरी ‘दोरम्बा शैलुङ’ राख्ने भएको छ। बुधबार बसेको दोरम्बा गाउँपालिकाको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै देरम्बा शैलुङ राख्ने निर्णय गरेको हो।

शैलुङ डाँडामा चुर्लुम्मै

छिनमै घाम, छिनमै बादल। कहिले कुहिरो र सिर्सिरे बतास। एकै छिनमा पानी नै बर्सिन पनि के बेर ! चिसो याममा बुरबुरती खस्ने हिउँको सौन्दर्य त अवर्णनीय छँदै छ। पहिलोचोटि शैलुङ पुग्दा मनमा लाग्यो, ‘सुन्दर चञ्चलतासहित प्रकृतिको उन्मत्त बैँस प्रदर्शित हुने कुनै दिव्य क्रीडास्थलमा पो छु कि म ?’ सय वटा थुम्काका लुङ शैलुङ, त्यो पनि मालाका लुङजस्तै लहरलहरमा मिलेका। कतै जोल्ठिएजस्ता, कतै अङ्कमाल गरेजस्ता र कतै आपसमा मिलेर टाँसिएजस्ता । अनेक बान्कीका थुम्काहरू। जता हे¥यो त्यतै कलात्मक परिदृश्य। हेरेर र घुमेर त, खै को पो अघाउला र यहाँ पुग्नेहरू जस्तो लाग्ने। मेरो मन पनि लुटपुटिनुसम्म लुटपुटिरह्यो। आँखाहरूले तनतनी सौन्दर्य पिई नै रहे, नथाकी।

गुराँसे शैलुङ

डाँडै डाँडाहरूको संगम हो शैलुङ (३२००मिटर)। इतिहास, प्रकृति र संस्कृतिको त्रिबेणीधाम। यतिवेला शैलुङ क्षेत्रमा गुराँस र चिमाल फक्रिएको छ। गुराँसको सौन्दर्यमा रमाउनेहरूको भिड लाग्न थालेको छ। नयाँ वर्षदेखि डाँडामा गुराँससँग सेल्फी खिच्नेहरू बढेका छन्। रातो रंगको गुराँस र सेतो रंगको चिमालले डाँडा रंगीन बनेको छ।

बाबुद्वारा अपांगता भएका छोराको हत्या

मृतक केसी जन्मजातै कान नसुन्ने बिरामी थिए। प्रहरीका अनुसार वैशाख २ गतेदेखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्।

शैलुङ क्षेत्रको संरक्षण र संवर्द्धनका लागि महोत्सव

दोलखा र रामेछापका गरी ३ गाउँपालिकाको मुख्य आकर्षणका रुपमा रहेको शैलुङ क्षेत्रको संरक्षण, संवर्द्धन र प्रचारप्रसारका लागि त्यस क्षेत्रमा महोत्सव हुने भएको छ।

सात वर्षमा पनि सडक नबनेपछि नगरकोटबासीद्वारा आन्दोलन घोषणा

दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक सात वर्षमा पनि नबनेपछि स्थानीयवासीले २५१ सदस्यीय नगरकोट सडक पीडित सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

हिउँको बर्कोमा शैलुङ

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

शैलुङमा पाँच फिट हिउँ

रामेछाप र दोलखाको सगंमस्थल शैलुङमा पाँच फिट हिउँ जमेको छ। मंगलबार रातीदेखि लगातार हिउँ परेहेकाले त्यहाँको जनजीवन कष्टकर बनेको हाे। हिमपातले डाँडाकाडा सेताम्य भएका छन्। यो सिजनमा ३ पटक हिउँ परेकाले जनजिवन कष्टकर बन्दै भएको छ।

शैलुङमा बोधिचैत्य

दोलखा र रामेछापको साँधमा पर्ने शैलुङ हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल हो । भुस्वर्गः उपमा पाएको शैलुङ घुम्ने सिजन सुरु भयो । हरिया थुम्काहरूको पृष्ठभूमीमा मुस्कुराउने हिमालहरूको दर्शन गर्न यात्रा सुरु गरिहाल्ने कि!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्