१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘शैलुङ यात्रा’ वृतचित्र प्रदर्शन

काठमाडौं – पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले सबै मिलेर शैलुङको विकास गर्नु पर्नेमा जोड दिएका छन्।

हयाङग्ला दोलखा काठमाडौं तामाङ समाजको आयोजनामा सम्पन्न सैलुङ पर्यटन विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ वृतचित्र प्रदर्शन कार्यक्रममा बोल्दै उनले शैलुङको प्राकृतिक स्वरुपलाई संरक्षित गर्दै, स्थानिय निकाय नियन्त्रित योजनामा आधारित रहेर निजी क्षेत्रलाई समेत समेटदै शैलुङको बिकासमा जोड दिन आग्रह गरेका छन।

त्यस्तै,राष्ट्रिय योजना आयोगका सदस्य रामकुकमार फुयाँलले शैलुङको विकासको लागि एकिकृत गुरुयोजना बनाएर अघि बढ्नु पर्नेमा जोडदिए।

उनले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको बोथान, थाङपाल, याङरी लगायतका स्थानबाट र सिन्धुलीको सिन्धुलीगढीबाट रामेछाप हुँदै शैलुङ सम्मको गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने बताए।

करिब १५ बर्ष अघि तयार पारेको उक्त बृत्तचित्रमा शैलुङमा रहेको बुद्धको पाईला, १२ बर्षे मेला लाग्ने गुफा, महादेबको मन्दिर, बाघेढुङ्गा, त्यस क्षेत्रमा पाईने एक सय भन्दा बढी जडिबुटी, एक सय आठ भन्दा बढी थुम्का, स्थानीय भेषभुसा र रहनसहनलाई समेटेको छ।

प्रकाशित: २७ श्रावण २०७६ ०२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App