१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भक्तपुरमा सुरु भयो उत्पादन श्रमसँग जोडिएको शिक्षा

‘हाम्रा विद्यार्थीहरुसँग सर्टिफिकेट त हुने भयो, तर हातमा सीप नहुने भयो, त्यसले गर्दा विद्यार्थी अपूर्णजस्तै हुने भयो, त्यसलाई चिर्नका लागि पनि शिक्षालाई व्यवहारिक बनाउनुपर्छ’, उनले भने, ‘अझ पढेका विद्यार्थीमा कामलाई हेला गर्ने, जागिरलाई मात्र काम ठान्ने प्रवृत्ति देखिएको छ, त्यो कम गर्ने काम विद्यालय तहदेखि नै गर्नुपर्छ।’

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न घरदैलो अभियान

बुधबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उद्योगीको टोलीले मुख्यमन्त्री शेरधन राईलाई भेटेर स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि अभियान थालेको जानकारी गराएको छ।

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपालको बजारमा

चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छ।

अब नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमै बजारमा पुग्ने जानकारी दिए।

रसुवामा उत्पादन हुन थाल्यो चीज

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए।

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

भक्तपुरमा कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु

देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ।

दक्ष जनशक्ति उत्पादनमा सघाउँदै समृद्धि: तालिमसँगै रोजगारी

सरकारले बजेट मार्फत तालिम र रोजगारी सृजना गर्ने विभिन्न कार्यक्रम घोषणा गरिरहेका वेला रोजगारीको अवसर र आर्थिक विकासका लागि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ४ वर्षमा ३० हजार युवालाई रोजगार बनाउने कार्यक्रम सञ्चालनमा ल्याएको छ।

दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँः मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन्।

४५ मिनेट उत्पादन रोकिएर आपूर्ति अवरुद्ध हुँदा अक्सिजन अभावमा आठजना बिरामीको ज्यान गयो

हाइफ्लो अक्सिजन नपाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतएराती आठजना बिरामीको ज्यान गएको छ। ती मध्ये एकजना सुत्केरी छिन्। प्रतिष्ठानको आइसोलसन कक्षमा ती सुत्केरीको उपचार भईरहेको थियो।

अक्सिजन सिलिन्डर उत्पादनको दोस्रो परीक्षण सफल

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय उत्पादन सामग्री प्रयोग गरी तयार पारेको अक्सिजन ग्यास सिलिन्डरको दोस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। अन्तर्राष्ट्रियस्तरको गुणस्तर मापदण्ड अपनाएर तयार पारिएको अक्सिजन सिलिन्डर नेपाली वैज्ञानिकले तयार पारेका हुन्।

अक्सिजन दिँदै मध्यपुरथिमी नगरपालिका : २४ घण्टामा १ लाख ९२ हजार लिटर उत्पादन

शुक्रबार राती १० बजेबाट अक्सिजन उत्पादन थालेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले शनिबार २४ जना बिरामीलाई अक्सिजन दिएको छ।

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

अक्सिजन उत्पादन सुरु

काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ। कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्