कांग्रेसमा विशेष महाधिवेशनविरुद्ध दबाब: १७ भ्रातृ संगठनद्वारा संयुक्त अपिल
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन आह्वानको विषयले नयाँ विवाद चर्किएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि संस्थापन पक्ष निकट १७ भ्रातृ संगठनले त्यसको विपक्षमा संयुक्त अपिल जारी गरेका हुन्।

