राप्ती नदीद्वारा सयौं बिघा खेतीयोग्य जमिन कटान
राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्।
राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्।
खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका नरजित राईले व्यवसायीक रुपमा जडिबुटी खेती सुरु गरेका छन्।
अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।
गोरुको सहायताले खेतबारी जोतिरहेका सिद्धलेक गाउँपालिका वडा नं ६ का पूर्णराज श्रेष्ठ अहिले ट्याक्टरले खेतबारी जोत्छन्। दुई वर्ष अघिसम्म हलो र जुवा काँधमा राखेर गोरु धपाउदै खेत जोत्ने पुस्तौदेखिको परम्परा अहिले परिवर्तन भएको छ।
वीरेन्द्रनगर ४ खोर्केकी डम्वरी पौडेलले आधुनिक प्रविधिको प्रयोग गरेर व्यवसायिक तरकारी खेती गर्न थालेको आठ महिना भयो। एक दशकदेखि तरकारी खेती गर्दै आएकी डम्वरी आधुनिक प्रविधिले समय र मेहनतको बचत गरेको बताउँछिन्।
सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि किसान भने आप्mनै गाउँमा व्यवसायीक खेती गरि आत्मानिर्भरको बाटो रोज्न थालेका हुन्।
डोल्पाको ठुलीभेरी नगरपालिकाको दोस्रो नगरसभाले आन्तरिक सडक बिस्तार र व्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५–०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ।
सिन्धुलीको महाभारत क्षेत्रका गाँउपालिकाहरूमा बेमौसमी तरकारी खेती व्यावसायिक बन्न थालेको छ। ग्रामीण सडक सञ्जाल जोडिएसँगै तरकारीको बिक्री गर्न सहज भएपछि बेमौसमी तरकारी खेतीमा किसान हौसिएका हुन्।
युवा गीतकार सुमन श्रापित गीतिसंग्रह 'भावनाको सेती' लिएर आएका छन्। श्रपितले नेपाली चलचित्र तथा विभिन्न एल्वमका लागि गीत रचना गरिसकेका छन्। एल्वम, चलचित्र, पत्रपत्रिकामा प्रकाशित तथा अप्रकाशित गीतहरु समेटेर उनले संग्रह निकालेका हुन्। गीत संग्रहमा उनले १ सय ३० गीत समेटेका छन्।
प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जग्गा नभएकाले खेती गर्न नसक्ने किसानलाई सरकारले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। १५ औं राष्ट्रिय धान दिवसको अवसरमा भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जग्गा नभएकाहरुलाई प्रदेश सरकारसँग समन्वय राख्न आग्रह गरे।
जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।
विदेशमा गएर फर्केका युवाको साथमा जिल्लाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा सामूहिक व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । झण्डै १५ रोपनी जग्गा भाडामा लिएर उनीहरुले पहाडको टुप्पोमा तरकारी गर्न थालेका हुन् ।
निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको छ।
कञ्चनपुरमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टाेलीले एक विगाहामा लगाएकाे गाँजा खेती नष्ट गरेका छन्।