५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीमा लौठ सल्लाको व्यवसायीक खेती

सिन्धुलीको फिक्कल गाँउपालिकास्थित माझखर्कका किसानले गरेको लौठ सल्लाको नर्सरी।     तस्बिर अनिल/नागरिक

सिन्धुली – सिन्धुलीका केहि किसानहरू व्यवसायीक लौठ सल्लाको खेतीमा जुटेका छन्। वैदेशिक रोजगारका लागि युवाहरू विदेश पलायन भइरहदा यहाँको फिक्कल गाँउपालिकाका केहि किसान भने आप्mनै गाउँमा व्यवसायीक खेती गरि आत्मानिर्भरको बाटो रोज्न थालेका हुन्। 

लौठ सल्लाबाट सहजै आम्दानी लिन सक्ने भएपछि किसानहरू लौठ सल्लाको व्यवसायीक खेती गर्न जुटेका हुन्। फिक्कल गाउँपालिका १ महादेवडाँडास्थित माझखर्कका किसानहरूले सामुहिक तथा व्यक्तिगत रुपमा लौठ सल्लाको खेती विस्तार गरेका छन्।

लौठ सल्लाको खेती गरी त्यसबाट मनग्ये आम्दानी लिन सकिने भएकाले त्यसतर्फ आफूहरू आकर्षित भएको किसानले बताएका छन्। सल्लाको खेतीपछि विरुवा परिपक्व भएपछि त्यसको पात विक्री गरी आम्दानी लिन सकिने किसानले बताएका छन्। काठ र पात दुबै सहजै विक्री हुने भएपछि लौठ सल्लाको खेती सुरु हुन थालेको हो।  एक पटकको मिहेनतले वर्षौसम्म आम्दानी लिन सकिने हुँदा अहिले त्यस क्षेत्रका किसानले अन्नबाली हुने जग्गामा लौठ सल्ला रोप्ने अभियान चलाएका छन्।

सामुदायिक वनको लौठ सल्ला पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत ३ हजार ८०० विरुवा बृक्षारोपण गरी व्यवसायीक खेती सुरु गरिएको साङ्ली तीन चम्के सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष झइन्द्रबहादुर बुढाक्षेत्रीले जनाए। जिल्ला वन कार्यालय सिन्धुलीको सहयोग तथा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ सिन्धुलीको आयोजनामा ३ हजार ८ सय विरुवा रोपनीको थालनी भएको उनको भनाई छ।

यस क्षेत्रमा ५ देखी ७ हजार लौठ सल्लाको विरुवा रोप्ने उद्धेश्य राखिएको छ उनले भने,“अन्न तथा नगदे बाली फल्न झण्डै वर्ष दिन लाग्छ, चिसो ठाउँ र महाभारतको विकट क्षेत्र भएकाले अन्नवाली पनि राम्रोसँग नहुने हुँदा दुःख गर्दा पनि छाक टार्न समस्या हुने भएकाले अब दीर्घकालीन रुपमा नगदे खेती गर्ने योजना अनुरुप लौठ सल्लाको खेती सुरु गरेका हौ।” 

साङ्ली तीन चम्के सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने ३.४२ हेक्टर क्षेत्रफलमा पुरै लौठ सल्लाको खेती गर्ने योजना अनुसार ४ हजार भन्दा बढी खाल्डा तयार गरिएको छ भने अन्य स्थानमा समेत खाल्डा खन्ने तयारी भएको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ। आफूलेनै विरुवाको नर्सरी राखी सामुहिक रुपमा रोप्ने र अन्य किसानलाई इच्छा अनुसार विरुवा उपलब्ध गराइएको समेत उनले बताए। 

मेरो बारीको डिलमा झण्डै ४ सय विरुवा रोपेको छु, अर्का किसान युवराज बुढाथोकीले भने विरुवा हुर्कने क्रममा छ।  अब पुरै बारी भरी लौठ सल्लाको खेती गर्ने योजनामा छुु उनी सुनाउँछन्। फिक्कल गाउँपालीका १ महादेवडाडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजन रहेको गाउँपालीकाले जडीबुटीको व्यवसायीक खेती गर्न र उद्यमी तयार गर्न नीति तथा कार्यक्रममा समावेस गरेको फिक्कल गाउँपालीकाका उपाध्यक्ष पार्वती सुनुवारले बताइन्।

फिक्कल गाउँपालीकाको विकास र समृद्धिको आधार भनेको पर्यटन र जडिबुटी हो, उनले भनिन्। जिल्लामा फिक्कल गाउँपालीका, घ्याङलेख गाउँपालीका  कमलामाई नगरपालीका ३ जलकन्यामा तथा सुनकोसी गाँउपालिकाका केहि वडामा लौठ सल्लाको व्यवसायीक खेतीको सम्भावना रहेको नेपाल बन पैदावर व्यवसायी संघले जनाएको छ। लौठ सल्लाको पातबाट क्यानसरको औषधि उत्पादन हुने भएकाले बजारमूल्य समेत राम्रो भएको स्थानीय  बताउछन ।  

प्रकाशित: ४ श्रावण २०७५ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App