४ मंसिर २०८१ मंगलबार
image/svg+xml

सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

जिल्लाका विभिन्न स्थान गरी ९७ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटको सक्रियतामा मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा फँडानी गरिएको हो।

खेतीयोग्य जमिनमा प्लटिङ

तरकारी उत्पादनका हिसावले भक्तपुरको प्रख्यात ठाउँ हो, मध्यपुर थिमिको मनोहरा क्षेत्र। गाँजर, लसुन, हरियो सागपात उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात छ। यहाँका किसान सधैंभरि तरकारीबारीमा व्यस्त रहन्छन्। तर, यही खेतीपाती गर्ने प्रख्यात ठाउँमा सरकारले जग्गा एकीकरण आयोजना संचालन गरिरहेको छ।

खेतीयोग्य जमिन जंगलमा परिणत

सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्ती सुनसान त छ नै। त्यहाँ रहेका सयौं रोपनी खेतीयोग्य जमिनसमेत बाँझिएको छ । खेत बारी, बारी खरबारी, खरबारी झाडीमा परिणत भएका कुरा सुन्ने गरेपनि यहाँका सयौं रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएको छ।

लोभलाग्दो तरकारी खेती

सम्म फाँट, हरियो देखिने तरकारी खेतीले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दित तुल्याउने गर्छ। छिटफुट बस्ती वरिपरि तरकारीले गाउँ नै हरियो देखिन्छ। पृथ्वी राजमार्गबाट करिब आधा घन्टा पैदल हिँडेपछि पुग्न सकिन्छ बेनिघाट रोराङ गाउँपालिका–९, फजिमटार बस्तीमा। यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आबद्ध छन्। पुस्तौंदेखि तरकारी खेतीमा रमाइरहेका छन्।

नमुना सहकारी खेतीमार्फत समृृद्धिको सपना

गौरादह–५ का अर्जुन खतिवडाले आफूसँग भएको खेत २५ वर्षका लागि एकीकृत नमुना सहकारी खेतीलाई दिएका छन्। अहिले उनीसँग तरकारी खेतीका लागि अलिकति बारी मात्रै छ। आफ्नै खेतमा काम गरे पनि घन्टाको हिसाबले भुक्तानी पाउँछन्।

बाँदर नलाग्ने, असिनाले नझार्ने फलकाे व्यावसायिक खेती

दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ। पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन्।

मासिँदै खेतीयोग्य जमिन

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–४ छिन्खेतमा एक वर्ष पहिले २५ वटा कच्ची घर थिए। दुई–चारवटा पसल रहेको छिन्खेतमा अहिले भने गाउँपालिकाको प्रमुख बजार केन्द्र भएको छ। देश संघीय संरचनामा गएसँगै जिल्ला सदरमुकामबाट पाइने सेवाहरु गाउँमै पाइन थालेपछि यहाँ चहलपहल निकै बढेको छ।

मासिँदै खेतीयोग्य जमिन

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–४ छिन्खेतमा एक वर्ष पहिले २५ वटा कच्ची घर थिए। दुई–चारवटा पसल रहेको छिन्खेतमा अहिले भने गाउँपालिकाको प्रमुख बजार केन्द्र भएको छ। देश संघीय संरचनामा गएसँगै जिल्ला सदरमुकामबाट पाइने सेवाहरु गाउँमै पाइन थालेपछि यहाँ चहलपहल निकै बढेको छ।

किसानलाई कफी खेती तालिम

व्यावसायिक कफी खेतीका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको छ। कफी खेतीको सम्भाव्यतालाई मध्यनजर गर्दै गाउँपालिकाका ७ वटै वडाका दुई सय १० किसानलाई कफी खेती सम्बन्धी तालिम दिइएको हो।

सुन्तला खेतीले किसानको मुहारमा चमक

दक्षिणी मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका तेजबहादुर लावतीले आफ्नो बगानको सुन्तलाको दाम ६ लाख ५० हजार थापेका छन्। उनको घरैको छेउदेखि फैलिएको बगानमा लटरम्म सुन्तला फलेको छ।

केरा उत्पादक किसानलाई राहत वितरण

कालिका नगरपालिका–६ भटेनीमा लगाइएको केरा खेती नष्ट गरिएको लामो समयपछि पीडित किसानलाई राहत वितरण गरिएको छ। कालिका नगरपालिका र चितवन केरा उत्पादक संघले शुक्रबार पीडित किसानलाई राहत वितरण गरेको हो।

कृषकलाई व्यवसायिक बनाउँदै ग्रामीण सडक

सिन्धुलीको साविक तिनकन्या गाविसका मोहनबहादुर पुर्वछाने पाँच वर्ष अगाडिसम्म जुनारलाई व्यवसायीक खेतीका रुपमा लिदैन थिए। त्यसको कारण थियो गाउँमा सडक नपुग्दा मूल्य नपाउँनु। तर, जब ग्रामीण सडक तिनकन्या पुग्यो जुनारको भाउ पनि एक्कासी आकाशियो।

धानबाली खडेरी र बाढीकाे चपेटामा

यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। धान उत्पादनका हिसाबले अब्बल मानिने जिल्लाका किसान भने निराश छन्। सरकारी तथ्याकंमा १० वर्षको अवधिमा खेतीयोग्य जग्गाको क्षेत्रफल ३० हजार हेक्टर घटेको छ।

रेसम खेतीमा युवा आकर्षण

एक दशक अघि पनौती–१०, खोपासीस्थित रेसमखेती विकास शाखा (हाल रेसम विकास केन्द्र) मा डा. नरहरिप्रसाद घिमिरे सहायक व्यावसायिक कीट विज्ञका रुपमा कार्यरत थिए । त्यतिबेलासम्म रेसमखेती भनेको पाको मानिसले मात्रै गर्ने खेती भन्ने मान्यता थियो।

आठ करोडको गाँजा प्रहरीले फडानी गर्‍यो

सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ८ करोड मुल्य बराबरको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्