७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन कार्यालय नहुँदा समस्या

वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको छ।

सुठौली भन्सारमा लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको झन्डै दुई गुनाले राजस्व संकलन भएको छ।

रसुवा भन्सारको राजस्व संकलन लक्ष्यको आधा मात्रै

आर्थिक वर्ष २०७७/७८ मा रसुवा भन्सार कार्यालयले लक्ष्यको आधा मात्र राजस्व संकलन गर्न सकेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण आयात निर्यात सहज नहुँदा लक्ष्य पूरा गर्न नसकिएको कार्यालयले जनाएको छ।

रसुवा भन्सारः ११ महिनामा लक्ष्यको ४२ प्रतिशत मात्र राजस्व संकलन

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो । २०७६ माघ यता नाकाबाट आयात निकै कम भएको छ ।

भन्सार करदेखि दस्तुरसम्म छुट

सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै करको दायरा वृद्धि र दर घटाउने नीति लिएको छ। अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रलाई रिझाउन करदेखि दस्तुरसम्म छुट दिएका छन्।

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

बीस वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि एजाजत खुला गरिएको थियो।

कोरोनाले भन्सार राजस्वमा कमी

राजस्व भार र आयात–निर्यातको दृष्टिले मुलुकको सबभन्दा ठूलो व्यापारिक नाका वीरगन्जस्थित भन्सार कार्यालयबाट हुने राजस्व असुलीमा कमी आएको छ। चालु आर्थिक वर्षको वैशाखमा यो भन्सार कार्यालयले लक्ष्यको ८७.८० प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

स्वास्थ्य सामग्री भन्सार पास गर्न निर्देशन

अर्थमन्त्रीले सोमबार भर्चुअल माध्यमबाट भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक र विभिन्न भन्सार कार्यालयका प्रमुखलाई यो निर्देशन दिएका हुन्।

रसुवा भन्सारः दश महिनामा लक्ष्यको तुलनामा आधा पनि राजस्व उठेन

चालु आर्थिक वर्ष २०७७/७८ को दश महिना बितिसक्दा समेत रसुवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको छैन। कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात तथा निर्यातमा कडाइ गरिएसँगै राजस्व संकलन प्रभावित बनेको हो। २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ।

रसुवा भन्सारः चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को चैत महिनामा लक्ष्यको ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। कार्यालयले चैत महिनामा ६२ करोड ६९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा ३२ करोड ९४ लाख १ हजार रुपैयाँ मात्र संकलन भएको छ।

भन्सार एजेन्टमा रोजगारीको अवसर

सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ। बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ।

रसुवागढी भन्सारमा लक्ष्यको २८ प्रतिशत

गत जेठदेखि चिनियाँ गाडीले सामान आयात गरिरहेका छन्। चिनियाँ गाडीले ल्याएको सामान नेपाली गाडीमा ल्याई भन्सार जाँचपास गरेर छोड्ने बाहेक अरू क्रियाकलाप अघि बढेको छैन। जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व संकलन लक्ष्य पनि प्रभावित भएको छ।

रसुवा भन्सारः दोस्रो चौमासिक बितिसक्दा पनि राजस्व संकलन बढ्न सकेन

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले नाका सञ्चालनमा ल्याएको छैन। नाकाबाट एकतर्फी रूपमा आयात भएको छ। गएको एक वर्षदेखि नाकामा अन्य व्यापारिक कारोबार भएको छैन।

चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै

बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ। नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्।

तस्करीले फर्नेस आयल उद्योग संकटमा

कच्चा पदार्थकै अभावमा उद्योगको एउटा प्लान्ट विगत एक वर्षदेखि बन्द गरिएको छ। उद्योगमा दुईवटा प्लान्ट छन। ती दुईवटै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुँदा प्रतिदिन १० हजार लिटर आयल उत्पादन हुन्छ। त्यसका लागि दैनिक २० टन थोत्रा टायर, ट्युब आवश्यक पर्छ। तर अहिले मुस्किलले आठ टन कच्चा पदार्थ आपूर्ति भइरहेको उद्योगका प्रबन्ध सञ्चालक श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्