coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुठौली भन्सारमा लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन

भन्सारमा पहिलो पटक अर्बको आकडा पार

कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको झन्डै दुई गुनाले राजस्व संकलन भएको छ। भन्सारमा गत वर्ष वार्षिक लक्ष्यको १ सय ९३ प्रतिशत राजस्व उठेको हो। 

एक वर्षमा १ अर्ब ५१ करोड २९ लााख राजस्व संकलन भएको भन्सार प्रमुख रमेश खड्काले बताए। गत वर्ष भन्सारलाई ७८ करोड १६ लाख लक्ष्य तोकिएको थियो। गत वर्ष भन्सारमा झन्डै ४८ करोड राजस्व उठेको थियो। भन्सारमा यति धेरै राजस्व सकंलन भएको यो पहिलो पटक हो। सबै भन्दा बढी पुस महिनामा १७ करोड २० लाख ५७ हजार ५१५ संकलन भएको थियाे। गत साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख राजस्व उठेको भन्सार प्रमुख खड्काले बताए। 

स्तरोन्नती भएको २ वर्षपछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको उनले बताए। कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए। काेरोना भाइरसको बेला समेत वार्षिक लक्ष्यको झन्डै दुई सय प्रतिशत हुनु राम्रो संकेत भएको उनले बताए। ‘भन्सारमा राजस्व असुली राम्रो भएको छ, अब यो भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए अझै राम्रो हुन्छ,’ उनले भने। 

जग्गा अभावले भन्सारमा अझैसम्म यार्ड निर्माण हुन नसक्दा मालबहाक गाडीहरु बाटोमै खडा गर्ने गरिएको छ। यसले गर्दा धरै समस्या भएको खड्काले बताए। यस्तै नाकामा क्वारेन्टिनकाे व्यवस्था नहुँदा समेत धेरै समस्या भएको उनले बताए। भन्सारका लेखापाल मदन पाण्डेयले एक वर्षमा ढेड अर्ब राजस्व उठाएर यो भन्सारले रेकडै कायम गरेको बताए। 

भन्सारमा धान, चामल, गहुँ, मकै, तरकारी तथा फलफूल, कोइला टायल्स र मार्बल पैठारी हुने गरेको छ। २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैयाँ राजस्व संकलन भएको थियो। 

प्रकाशित: ५ श्रावण २०७८ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App