१५ वैशाख २०८१ शनिबार
image/svg+xml

से–फोक्सुन्डो सौन्दर्य

फोक्सुन्डो ताल, तालबाटै बगेको फोक्सुन्डो झरना, दुर्लभ वन्यजन्तु हिउँचितुवा र श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलगायत प्रकृतिप्रदत्त जैविक विविधता विदेशी पाहुनाका लागि आकर्षणका केन्द्र हुन्।

विकटताको नाममा मनपरी

काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी। ‘गाडी चढेर डोल्पा आउनु भनेको ज्यान जोखिममा हालेर ठगिन आउनु रहेछ,’ सागरले भने, ‘गाडी चालकले मनपरी भाडा उठाउँछन्। भौगोलक रूपमा विकट त्यस्तो ठाउँमा उमेर नपुगेका केटाहरूले डरमर्दो पाराले गाडी कुदाउँछन्। प्रहरीले कुनै रोकटोक गर्दैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्