१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठक : प्रचण्डले सम्बोधन नगर्ने

प्रतिनिधि सभाको आज (बिहीबार) बस्ने बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन नगर्ने भएका छन्।

पार्टीको तर्फबाट नेता वर्षमान पुनले मन्तब्य राख्न नाम टिपाएका संघीय संसद् सचिवालयले जनाएको छ। 

सचिवालयका प्रवक्ता एकराम गिरीले नेकपाको तर्फबाट पुनले मन्तब्य राख्न नाम टिपाएका नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे एमालेबाट रामबहादुर थापा बादलले मन्तब्यको लागि नाम टिपाएका छन्।

प्रकाशित: १९ चैत्र २०८२ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App