पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क
पाथीभरा क्षेत्रका एक किसानले भने आफ्नो बारीमा उत्पादन भएको साग बजारभरी निःशुल्क दिएर उदाहरणीय काम गरेका छन्।
पाथीभरा क्षेत्रका एक किसानले भने आफ्नो बारीमा उत्पादन भएको साग बजारभरी निःशुल्क दिएर उदाहरणीय काम गरेका छन्।
विश्वभर फैलिएको महामारी कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ। लकडाउनको समयमा कार्यालय तथा कामकाज बन्द हुँदा समय बिताउन गाह्राे हुनु स्वाभाविक हो।
कोरोनाका कारण मुलुक लकडाउन भएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने असहाय, अति विपन्न तथा दैनिक ज्यालादारी गर्ने मानिसका लागि राहत दिने घोषणा गर्यो।
बिगत एक दशकदेखि ठेलामा तरकारी राखेर बेच्दै जीवन निर्वाह गरिरहेका रोल्पा नगरपालिका ३ खुमेलका ४६ वर्षिय रामसिंह बिक( दृष्टीबिहिन)लाई लकडाउनले दिक्क बनायो। तर उनि राहत लिनेको लाइनमा गएनन्। उनको स्वाभिमानले राहतको लाइनमा बस्न दिएन। मेहनत गरेर जीवन चलाउन जानेका बिक प्रमुख जिल्ला अधिकारीकोमा गए। छिमेकीको सहारामा जिल्ला प्रशासन पुगेका बिकलाई त्यहाँ खटिएका प्रहरीले सिडिओसंग भेटाईदिए।
लकडाउनमा सवारीसाधन नचलेको अवस्थाको फाइदा उठाउँदै सडक विभागले काठमाडौं उपत्यकाका सडकमा जेब्रा क्रसिङ र लेन चिह्न कोर्ने काम अघि बढाएको छ।
सरकार हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने जस्तो देखिएको छ। जसका कारण सरकार आफैं विवादमा फस्दै गएको छ भने ऊसप्रति जनताको विश्वास पनि टुट्दै गएको छ।
टीकापुर नगरपालिका–१ स्थित बहुमुखी क्याम्पस भवनमा रहेको क्वारेन्टाइनबाट आज २३ जना घर गएका छन्। उनीहरु मध्ये ३ बालिकासहित ८ महिला र १५ पुरुष थिए। उनीहरुको कोरोना भाइरस सम्बन्धीको रिपोर्ट नेगेटिभ आएपछि टीकापुर नगरपालिकाले घर पठाएको हो।
धनुषाको वटेश्वर गाउँपालिकामा मजदुर तथा विपन्न वर्गलाई दिनुपर्ने राहत सामग्री हुनेखाने र धनीमानीलाई वितरण गरेको पाइएको छ। लकडाउनको अवधिमा खाद्यन्न अभावमा छाक टार्न समस्या हुने विपन्न तथा मजदुर परिवारलाई वितरण गर्न भन्दै प्रदेश सरकारले दिएको १० लाख रुपैँयाबाट स्थानीय जनप्रतिनिधिहरुले कार्यविधि मिच्दै मनोमानी ढंगले राहत वितरण गरेका हुन्।
एउटै खाद्यान्नबाट धेरै किसिमका परिकार बनाउने तरिका सिक्दा आफुलाई कुनै होटलको मुख्य भान्से नै बन्छु जस्तो लाग्दो रहेछ !
भ्रमण तथा अवलोकनका लागि ताप्लेजुङमा आएका मध्ये ८ जना विदेशी नागरिक लकडाउनका कारण गन्तब्यमा जान नसकेको पाइएको छ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुन नदिन र नियन्त्रण गर्न गएको चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन जारी छ। लकडाउनको कारण प्रभावित भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई खाद्यान्न सामग्रीको अभावको कारण दैनिक जीवन यापन गर्न असहज भएको छ।
दुई देशले लागू गरेको कडा लकडाउनलाई छिचोल्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतबाट पाँचजना नेपाली आएपछि त्रास फैलिएको छ।
लकडाउनको १८औं दिन शुक्रबार पनि राजधानीका सडकहरु सुनसान देखिएका छन्। चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण राजधानीका सडक सुनसान छन्। अत्यावश्यक सवारी, मालबाहक सवारी बाहेक अन्य चलेका छैनन्। रिङरोडमा अत्यावश्यक सेवा र सामग्री बोकेका गाडी र पासबाहक सवारी मात्र चलेका छन्। ठाउँठाउँमा प्रहरीले चेकिङमा कडाई गरेको छ।
लकडाउनलाई चुनौती दिँदै बान्निकी चैतली मेला सञ्चालन गरेको आरोपमा प्रहरीले चार वडाध्यक्ष र मन्दिरका पुजारीसहित नौजनालाई पक्राउ गरेको छ।
रसुवाको कालिका गाउँपालिका–३, का दुई जना सुकुम्बासीले गाउँपालिकाले उपलब्ध गराएको राहत फिर्ता गरेका छन्। आफूभन्दा बढी समस्यामा परेकालाई राहत दिन अनुरोध गर्दै मुरली नेपाली र झक्कबहादुर भुसालले राहत फिर्ता गरेका हुन्।