६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

मनाङेद्वारा नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद सदस्य अस्वीकार

गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय परिषद सदस्य अस्वीकार गरेका छन्।

जुम्ला–मनाङ सडकको काम तीव्र गतिमा हुँदै

जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ।

मनाङका किसानले स्याउ टिप्न थाले

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन्। जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो।यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन्।

जलवायु परिवर्तनको असरः हिमाली जिल्लामा बढ्दै प्राकृतिक विपद्

‘नपत्याउने खोलाले योपटक सिंगो बस्ती नै बगाएको छ। संयोगवश मानवीय क्षति भएन तर ठुलो आकारमा भौतिक नोक्सानी भएको छ,’वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ का अध्यक्ष कर्म घ्यचो गुरुङले भने, ‘यो खहरेमा बाढी आएर बस्ती बगाउला भन्ने कसैले सोचेका पनि थिएनन्। हेर्दाहेर्दै बाढी बस्तीमा पस्यो, बस्ती बगर बन्यो।’

किन आयो मुस्ताङमा बाढी ?

वर्षाका लागि छाया क्षेत्र मानिने मुस्ताङ र मनाङमा एकपछि अर्को गर्दै भारी वर्षा र बाढी आउन थालेपछि यसको कारण खोजी हुन थालेको छ।

पहिरोले मनाङमा आवतजावत पूर्ण अवरुद्ध

हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ। डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो।

तटबन्धले बस्ती नै सर्नुपर्ने बाध्यता हट्यो

हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।

तटबन्धले फर्कायो खुसी

हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो। मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो। बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ।

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

हिमालपारिको मनाङमा यार्तुङको रमाइलो

हिमालपारिको जिल्ला मनाङको माथिल्लो भेग यतिबेला यार्तुङमा रमाइरहेको छ। पाँचदिनदेखि चलिरहेको यार्तुङ मेला सोमबार सकिएको छ। हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्। यार्तुङको सबैभन्दा महत्वपूर्ण पक्ष भने कै घोडादौड हो, जुन त्यहाँका बासिन्दाले वर्षाै अघिदेखि नियमित पर्वको रुपमा मनाउँदै निरन्तरता दिईरहेका छन्।

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व सङ्कलन

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ।

मनाङका चौपायामा पनि देखियाे लम्पी स्किन राेग

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए।

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म लम्पी स्किन रोग कसरी उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन। पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्