२४ वैशाख २०८१ सोमबार
image/svg+xml

रमादा एन्कोर होटलमा सिटिजन्सका कार्डवाहकलाई विशेष छुट

सिटिजन्स बैंक र ठमेलस्थित रमादा एन्कोर होटलबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।

क्रिसमस र अंग्रेजी नयाँ वर्षका लागि सजिँदै होटल

नयाँ वर्ष र क्रिसमसको आसपासमा ठूला कार्यक्रम गर्ने योजना रहे पनि अहिलेकै स्थितिमा गर्न नसकिएकाले नेपाली नयाँ वर्षसम्मका लागि आयोजनाको तयारी भइरहेको व्यवसायीको भनाई छ।

काम गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन्। कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्‍याएको छ।

थोरै पाहुनासँग रमाएको ठमेल

राति अबेरसम्म पनि पर्यटकको स्वागतमा व्यस्त हुने ठमेल कोरोना संक्रमणका कारण एक वर्षयता भने सुनसानजस्तै छ। थलिएको व्यवसायलाई कसरी पुनर्जीवन दिने भन्ने चिन्ताले व्यवसायीलाई सताएको छ।

पाहुनाको बाटो हेर्दै पर्यटन व्यवसायी

विदेशी र घरेलु पर्यटकको प्रमुख गन्तव्य राजधानीको ठमेल क्षेत्र अझै चलायमान हुन सकेको छैन। बाह्य र आन्तरिक पर्यटकको बाक्लो आउजाउ हुने ठमेलको पर्यटन तथा व्यापार, व्यवसाय कोभिड १९ ले लथालिंग अवस्थामा पुगेको थियो। ठमेल आउने पर्यटकमा ८० प्रतिशत बाह्य र बाँकी घरेलु हुने बताइन्छ।

अनि उनले ठमेल छोडे...

‘पर्यटनको भविष्य नै अन्यौलमा परेका बेला भाडा तिरेर ठमेलमै बसिरहनु बुद्धिमानी होइन भनेर आफ्नै घरमा कार्यालय सारें’, अगुवा पर्यटनकर्मी चित्र बहादुर गुरुङ भन्छन्, ‘अनलाइन सम्पर्कका आधारमा पर्यटक आउने हुन्। जहाँ बसेर काम गरे पनि फरक पर्दैन।’

व्यवसायबाट विस्थापित हुन बचाऔं

नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल आउँथे । ठमेल क्षेत्र सबैभन्दा बढी प्रभावित छ । चौविसै घन्टा खुल्ने ठमेल अहिले चौविसै घन्टा बन्द छ । कोभिडका कारण सबैभन्दा क्षति व्यहोरेको ठाउँ ठमेल हो ।

काठमाडौंमा तीन दिनको खर्च दुई रुपैयाँ !

बेल ब्वायका रूपमा पर्यटन क्षेत्रमा पसेका धादिङका सरोज न्यौपाने कहिले भरिया बने त कहिले ट्रेकिङ गाइड अनि कहिले क्लाइम्बिङ गाइड। उनले धेरै अनुभव सँगालेका छन्। समयसँगै उनी कम्पनीका मालिक बने। त्यति मात्र होइन, मुलुकको पर्यटनलाई गति दिने खाका समेत प्रस्तुत गर्न सक्ने भैसके।

सय रुपैयाँ बोकेर काठमाडौं !

माओवादी जनयुद्धका कारण संकटकाल लागु भएका बेला सय रुपैयाँ बोकेर नुवाकोटबाट काठमाडौं झरेका ऊर्जा तामाङको जीवनसंघर्ष रोचक एवं प्रेरणादायी छ। समयक्रममा उनी स्थापित पर्यटन व्यावसायी बनेका छन्।

ठमेल पनि झोंछे बन्ने चिन्ता

२८ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएका बेलकोटगढी–१२, नुवाकोटका बसन्त अधिकारी पछिल्लो समय पर्यटकलक्षित होटल सञ्चालनको तयारीमा थिए। होटल सञ्चालनका लागि उनले ठमेलमा पाँचतल्ले घरको संचरना तयार गरिसकेका छन्। तर उनी तयार भइसकेको उक्त घर फिनिसिङ गर्ने मुडमा छैनन्।

आज ठमेलमा रमिता छैन

कोभिड–१९ पछि भने यो क्षेत्र सुनसानजस्तै छ। चीनलगायत विभिन्न मुलुकमा कोरोना भाइरस फैलँदै गएसँगै ठमेलको भीडभाड कम हुँदै आएको थियो। अगाडि नै आएका कतिपय पर्यटकले कोरोना त्रासका कारण बसाइ अवधि छोट्याउँदै फर्कन थाले भने, आउनका लागि अग्रिम होटल बुकिङ गर्नेहरूले पनि बुकिङ रद्ध गर्न थाले। जसको प्रत्यक्ष असर यहाँका व्यवसायी र मजदुर वर्गमा परेको छ।

ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने

नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलको दिगो विकासका लागि ठमेल क्षेत्रका व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने भएका छन्। विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसले मुलुकको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको भन्दै यसको सामनाका लागि एकजुट भएर अगाडि बढ्न लागेका हुन्।

‘अन्तर्राष्ट्रिय क्वालिटी प्राेडक्ट अवार्ड पाएका थियाैँ'

काठमाडौं, ठमेल बजारको एक भवनमा लेखिएको छ, हेम्प हाउस। जहाँ हेम्प फाइबर (नशालु वनस्पतिको रेसा)बाट बनेका ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री पाइन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्