१० आश्विन २०८१ बिहीबार
image/svg+xml

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

२०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परी धरौटीमा छुटेका चालक सुवर्ण अवालेलाई नेपाल वायुसेवा निगमले विदेशमा तालिम लिन पठाउने निर्णय गरेको छ ।

पाइलटलाई लाखौं तलब किन? :  लेखा समिति

संसदको सार्वजनिक लेखा समितिले विदेशी तथा स्वदेशी पाइलटलाई किन लाखौं रुपैयाँ तलब दिइएको भन्दै नेपाल वायुसेवा निगम व्यवस्थापनलाई प्रश्न सोधेको छ।

विदेशी पाइलटलाई मासिक साढे २६ लाख तलब

निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्समा मासिक १२ देखि १४ लाख रुपैयाँ तलब खाएका गेबलाई महाप्रबन्धक कंसाकारले एकैचोटि झन्डै दोब्बर तलब दिएर दुई वर्षका लागि नियुक्त गरेका हुन्।

ग्रिनकार्डधारी पाइलटलाई मासिक १० लाख तलब

विज्ञताको नाम दिएर पाइलट आङनुरी शेर्पालाई प्रतिमहिना १० लाख रुपैयाँ तलबभत्ता दिएपछि निगमका अन्य पाइलट आक्रोशित।

बद्रीनाथमा हेलिकप्टर दुर्घटना, १ को मृत्यु ,२ पाइलट घाइते

शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा  परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।

निगममा पाइलट टिकाउनै गाह्रो

निजी क्षेत्रका वायुसेवा कम्पनीको आकर्षक तलबभत्ता छाडेर नेपाल वायुसेवा निगममा ‘जेट इन्जिन’ जहाज उडाउन पाउने आसमा आएका चार पाइलटले राजीनामा दिए

सहायक पाइलट सृजन मानन्धरको पनि मृत्यु

सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको जहाज दुर्घटना हुँदा सहचालक सृजन मानन्धरको पनि मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा लुक्ला अस्पतालमै उपचार गराइरहेका मानन्धरको बेलुकी अबेर मृत्यु भएको हो।

दुर्घटनाग्रस्त समिट एयरका पाइलट राईको निधन

सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारी बिमानस्थलमा समिट एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन पारस कुमार राईको मृत्यु भएको छ।

डलर तस्करीमा सरकारी पाइलट

विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपीको संलग्नतामा सुन तस्करीको खुलासा भएको केही महिनाभित्रै सरकारी पाइलटको संलग्नतामा अमेरिकी डलर तस्करी हुने गरेको खुलेको छ।

९३ हजार डलरसहित नेवानिका पाइलट विमानस्थलबाट पक्राउ

नेपाल वायु सेवा निगमका पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित दुवई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेवानिका बरिष्ठ क्याप्टेन उनी आइतबार नियमति ड्युटीमा दुवईका लागि विमान उडाउन विमानस्थल पुगेका थिए।

पाइलट दिनेशको नाममा प्रतिष्ठान

गत वर्ष भएको काष्ठमण्डप एयर दुर्घटनामा परी ज्यान गुमाएका काष्ठमण्डप एयरका क्याप्टेन दिनेश न्यौपानेको नामा प्रतिष्ठान स्थापना भएको छ ।

निगममा दर्जन पाइलट उत्तीर्ण

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सार्वजनिक सूचनामार्फत आह्वान गरेको प्रक्रिया पूरा गरी करिब एक दर्जन पाइलट अन्तिम चरणमा पुगेका छन्। निगमले आन्तरिक उडान उडान चुस्त–दुरुस्त बनाउन गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २० जना पाइलट मागेको थियो।

निगममा दर्जन पाइलट नियुक्ति अन्तिम चरणमा

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफ्ना उडान चुस्त–दुरुस्त बनाउन थप एक दर्जन पाइलट भर्ना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। निगमले गत पुस २६ गते सार्वजनिक सूचना जारी गरी २० जना पाइलट मागेको थियो। जसमा त्यति नै संख्यामा आवेदन परेको थियो। तीमध्ये योग्यता परीक्षणमा ११ जना उत्तीर्ण भएका छन्।

दुई जहाज उडाउन तीन पाइलट !

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडान गर्न १७ सिट क्षमताका दुईथान चिनियाँ जहाज छन् तर तिनलाई उडाउन निगमसँग जम्मा तीन पाइलट छन्। थप अचम्म के हो भने तीन पाइलट लिएर दुइटा जहाजबाट सातामा २८ उडान गर्ने तालिका निगमले बनाएको छ।

प्याराग्लाडिङ उडानमा विदेशी पाइलटको मनपरी

केही दिनअघि प्याराग्लाइडिङ दुर्घटनामा परेर बेलायती पाइलट माइकल पिटर पाल्मचाप्ड घाइते भए। उपचारका क्रममा दुर्घटनाको भोलिपल्ट पिटरको मृत्यु भयो। पोखरा–२६ गोदारी सराङकोटबाट उडेका उनले पोखराको आकाशमा उड्न आधिकारिक निकायबाट अनुमति समेत लिएका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्