संसद्को निरन्तर अवरोधले जनबोली बन्द
संसद्मा प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ। तर, प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गरेपछि जनताको आवाज उठाउने ठाउँमा नाराबाजी र जोरजुलुम हुने गरेको छ।
संसद्मा प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ। तर, प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गरेपछि जनताको आवाज उठाउने ठाउँमा नाराबाजी र जोरजुलुम हुने गरेको छ।
बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।
बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।
सार्वजनिक मञ्चहरूमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावलाई लक्षित गर्दै त्यसको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमाले सांसदले दोस्रो दिन पनि सदनमा नाराबाजी र जोरजुलुम गर्दा मर्यादापालकको सहयोगमा बैठक चलाउनुपर्यो। संसद्को अधिवेशन सुरु भएको पहिलो दिन बुधबार पनि एमाले सांसदले नाराबाजी गरेका थिए।
प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ।दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ।दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्।
एमालेका सांसदले विहीवार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए।
प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै फेरि पनि सरकारमा जाने बताएका छन्।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले नेकपाको एकीकरण रद्द गरेपछि पहिलो पटक बस्न लागेको राष्ट्रियसभा अधिवेशनमा प्रमुख प्रतिपक्षको विषयमा विवाद भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको थियो। उसले अब पनि आफू नै प्रमुख प्रतिपक्ष हुने बताएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार संवैधानिक मूल्य र मान्यता कमजोर बनाउन सक्रिय रहेको भन्दै लोकतन्त्र र संविधान रक्षाका लागि अन्य राजनीतिक दलहरूलाई समेटेर अघि बढ्ने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चुरे दोहन गरेर व्यापार घाटा न्यून गर्ने सरकारको नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको टिप्पणी गरेको छ। कांग्रेसले चुरे दोहन तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्रको उपज भएको दाबी पनि गरेको छ।
साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन।