१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

फेरि पनि मूल बाटोबाट सरकारमा आउँछुः ओली

क्याप्शन

प्रतिनिधि सभाका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै फेरि पनि सरकारमा जाने बताएका छन्। 

दोस्रो पटकको प्रतिनिधिसभाको पुनर्स्थापना पछि पहिलोपटक संसदमा बोल्दै ओलीले सो कुरा बताएका हुन्।  

'मैले पहिले पनि भनेको थिए म चोरबाटो र झ्यालबाट होइन कि मुलबाटो वैधानिक रुपमा सरकारमा जान्छु', उनले भने, 'म फेरि भन्न चहान्छु वैधानिक रुपमा सरकारमा जानेछौं।'

आउँदा दिनहरुमा अदालतको कामको पनि मूल्यांकन हुने भन्दै उनले प्रधानमन्त्रीबाट हट्न परेकोमा आफूलाई कुनै चिन्ता नभएको बताएका छन्।

प्रकाशित: २६ श्रावण २०७८ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App