११ मंसिर २०८१ मंगलबार
image/svg+xml

न्यायिक पहुँचका लागि 'समुदायमा अदालत'

न्यायिक पक्रियामा नागरिकको पहुँच वृद्धिका लागि खोटाङमा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरिएको छ। गाउँ–गाउँ र जनजनसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत खोटाङसँगको सहकार्यमा उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले शनिबार समुदायमा अदालत कार्यक्रम गरेको हो।

समुदायले उग्रचण्डी मन्दिर जीर्णोद्धार

ललितपुर पुल्चोकको उग्रचण्डी मन्दिर समुदायकै पहलमा पुनर्निर्माण सुरु भएको छ । समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले भूकम्पले क्षति भएको तीन वर्ष बितिसक्दा पनि अन्य निकायले चासो नदिएकाले समुदायकै सहयोगमा बिहीबारदेखि मन्दिर पुनर्निर्माण थालिएको बताए।

चार महिनापछि भत्ता पाउँदा राउटे समुदायमा  खुसी

चार महिनापछि राउटेले भत्ता भएका छन् । भैरवी गाउँपालिकाले राउटे भत्ता नआएपनि आफ्नै श्रोतबाट राउटेलाई १० महिनाको भत्ता खुवाएको हो । यसअघि ६ महिनाको भत्ता खुवाएको थियो । अहिले राउटे बस्ती रहेको डुंगेश्वर गाउँपालिका –६ ज्यामिरे खेतमा बस्दै आएका छन् । राउटे बस्तीमा ४६ परिवार रहेको छ ।

वादी समुदायकी ‘कमान्डर’

कुनै बेला वादी अगुवाका रूपमा चिनिन्थिन्– उमादेवी वादी । वादी महिला र तिनका बालबालिकालाई अधिकार दिलाउन उनले महत्वपूर्ण भूमिका खेलिन् । उनकै अगुवाइमा वादी समुदायले थुप्रै आन्दोलन पनि गर्यो । फलस्वरूप वादी समुदायका केही समस्या राज्यबाट सम्बोधन पनि भए।

सबै समुदाय र जिल्ला समेट्न सुझाव

प्रदेश सरकार गठन भएको ठ्याक्कै दुई महिना पुगेको दिन सोमबार नीति तथा कार्यक्रमउपर प्रदेशसभा बैठकमा छलफल हुँदैछ। चालू आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइएको नीति तथा कार्यक्रम अत्यन्तै महत्वाकांक्षी रहेको विपक्षी दलको टिप्पणी छ। यसै सेरोफेरोमा प्रदेश सरकारको पहिलो बजेट आउँदैछ।

सलमानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय हर्षित

भारतीय चर्चित अभिनेता सलमान खानलाई जेल सजाय भएपछि बैष्णोइ समुदाय भने खुशी भएको छ । बीस वर्षअघि कृष्णसार मारेको अभियोगमा जोधपुर अदालतले सलमान खानलाई रु १० हजार जरिवाना सहित ५ वर्ष जेल सजायपछि बैष्णोइ समुदाय खुशी भएको छ ।

भारतमा दलित समुदायको प्रदर्शन, ७ को मृत्यु

दलित समुदायले सोमबार भारतभर गरेको प्रदर्शन हिंसात्मक हुँदा सात जनाको मृत्यु भएको छ।

सचिनको सबै तलब बिपन्न समुदायलार्इ

विश्व क्रिकेटका चर्चित हस्ती सचिन तेन्दुलकरले राज्यसभाबाट पाउने तलब बिपन्न समुदायलार्इ दिने भएका छन्। आउँदो अप्रिल २६ मा ६ बर्षे कार्यकाल सक्काउन लागेका सचिनले अहिलेसम्म तलब  लिएका छैनन्।

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ।

दलित समुदाय उच्च शिक्षाबाट वञ्चित

राष्ट्रिय मानव अधिकार आयोगले खोटाङका दलित समुदाय उच्च शिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले रूपाकोट मझुवागढी नगरपालिकालगायत स्थानीय तहमा गरेको सर्वेक्षणका क्रममा अधिकांश दलित समुदाय उच्च शिक्षा हासिल गर्नमा सबैभन्दा पछि परेको देखिएको जनाएको छ।

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

मुस्लिम समुदायका अगुवाहरुले जाडो प्रभावित क्षेत्रमा न्यानो सामाग्री वितरण गरेका छन्। नेपाली जामे मस्जित र नेपाल मल्टी काउन्सिल सेन्टरको पहलमा पर्सामा न्यानो सामाग्री वितरण भएको हो। पर्साको जागरनाथ, हारपुर र रौतहटको भुसनमा न्यानो सामाग्री वितरण गरिएको समिम अन्सारीले बताए। उनका अनुसार २ हजार जति व्ल्याङकेट वितरण गरिएको थियो।

विपन्न समुदायका विद्यार्थीहरुलाई सोलार वितरण

जाजरकोटका विपन्न समुदायका विद्यार्थीहरुका लागि सोलर बत्ती वितरण गरिएको छ। पढ्नका लागि सजिलै उज्यालो बत्ती पाउन नसक्ने बिद्यार्थीहरुका लागि सोलार वितरण गरिएको हो।

वादी समुदायकी एक्लो सांसद बनिन् उमादेवी

जीवनभर वादी समुदायको हकहितका लागि संघर्षत उमादेवी वादीको अहिले परिचय फेरिएको छ । आजीवन संघर्षमा बिताएकी उमा अहिले प्रदेशसभा सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकमा चुनिएकी छन् । अहिले स्थानीयले माननीय भनेर सम्बोधनसमेत गर्न थालिसकेका छन्।

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ। चाइना नेशनल इमेज ग्लोबल सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ।

प्रदेश ७ : थारू समुदायका ७ निर्वाचित

प्रदेश ७ मा प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ थारू समुदायका ७ जना निर्वाचित भएका छन् । कञ्चनपुरबाट १ र कैलालीबाट ६ जना चुनिएका हुन् । निर्वाचित हुनेमा प्रतिनिधिसभा सदस्यमा ३ र प्रदेशसभा सदस्यमा ४ जना छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्