४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रानीपोखरी उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्ः उपत्यकाको विकासमा कोसेढुंगा

राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो। भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन्।

उद्घाटनको तीन महिना बित्यो, वीपीको कोभिड अस्पताल तयार भएन

गत बैशाख १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल सुरु भएको घोषणा गरेको थियो । सोही दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत अस्पताल निरीक्षणमा आएका थिए ।

महानिरीक्षक खनालबाट कोरोना उपचारार्थ आईसीयू भवन उद्घाटन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका छन्।

डेढ करोड खर्चेर बनाइयो प्रशासन तथा पुस्तकालय भवन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवनमा डेढ करोड रुपैयाँ खर्च गरेर निर्माण गरिएको प्रशासन तथा पुस्तकालय भवन उद्घाटन गरिएको छ ।

सोभे खानेपानी योजना उद्घाटन

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा आएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको १० लाख बजेटमा छङछङ्गे मुहान भएको सोभे खानेपानी योजना सोमबार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले उद्घाटन गरेका हुन् ।

'उद्घाटन जहाँ पनि भ्याउने तर संसदमा जवाफ दिन नभ्याउने ?'

राष्ट्रिय सभा सदस्यहरुले संसदप्रति उत्तरदायी बन्दै भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा थप कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे।

भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्रीले गर्ने

यस वर्ष माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने तय भएको जनाइएको छ।

यसरी गरिदै छ नेपाल भ्रमण वर्षको उद्‍घाटन (लाइभ)

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा सुरु भएको छ। समारोहको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छन्। कार्यक्रममा सहभागि हुन विभिन्न देशका मन्त्रीहरु नेपाल आएका छन्। उक्त अवसरमा विभिन्न झाँकीहरु प्रदर्शन गरिने छ।

चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने

बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन बुधबार (पुस १६ मा) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने भएका छन्।

भ्रमण वर्ष उद्घाटनको तयारी पुरा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो।

उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने

पोखरा प्रिमियर लिग (पिपिएल)को खेल तालिका सार्वजनिक भएको छ। पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मंसिर २८ गते शनिबारदेखि हुने खेलको तालिका बुधबार सार्वजनिक गरेको हो। प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ।

साग उद्घाटनको शान

यतिबेला साग उद्घाटनका क्रममा आयोजक अर्थात सरकारीतवरबाट भएको तयारी र प्रदर्शन गरिएको उच्च कलाले फेरि पनि नेपाल चाहँदा जे पनि गर्न सक्छ भन्ने सन्देश प्रभावित भएको छ। कुनैबेला अन्यत्रको यस्तै उद्घाटन कार्यक्रममा देखिएका तर हाम्रोचाहिँ सपनामात्र ठानिएका यस्ता प्रस्तुतिले वास्तवमै नेपाल र नेपालीको आत्मविश्वास बढाउने काम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्