४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यसरी बनाइयो सागलाई भव्य (फोटो फिचार)

दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

सागको भव्य उद्घाटन, भिजिट नेपाल २०२० को चर्चा

दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै काठमाडौं, पोखरा र जनकपूरबाट प्रतियोगिता सुरु भएको घोषणा गरिन्।

घरेलु मैदान नेपालका लागि अवसर बन्न सक्छ

उद्घाटनमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको टोलीले सार्क गीत गाउने पनि थापाले जानकारी दिए। त्यसबाहेक ५ सय जनाले नेपाली मौलिक बाजाहरु घन्काउनेछन्।

‘उद्घाटनमा प्रस्तुती दिँदा हर्षित हुनैछौं’

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आइतबारबाट सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद(साग) का लागि रंगशाला शृङ्गारिएको छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले उद्घाटन समारोह हुन दुई दिन बाँकी रहँदा ‘ग्रान्ड रिहल्सल’ साँझ ५ बजेबाट सुरु गरेको थियो।

उद्घाटन र समापनमा जोरबिजोर

आइतबार हुने उद्घाटन समारोह र २४ मा हुने समापन समारोहमा रंगशालामा भिभिआइपीको उपस्थिति हुने र उनीहरूको आगमनले यातायातको सहजतामा समस्या आउने भएकाले त्यसको सहजीकरणका लागि दुई दिन जोर–बिजोर प्रणाली लागू गरिने।

‘सगरमाथा संवाद’को सचिवालय उद्घाटन'

आगामी चैतमा आयोजना गर्न लागिएको विश्वस्तरीय संवाद ‘सगरमाथा संवाद’ सचिवालयको बिहीबार उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक कार्यक्रमबीच सगरमाथा संवादको उद्घाटन गरेका हुन्। सरकारले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका समसामयिक र साझा चासोका विषयमा विश्वस्तरीय संवाद आयोजना गर्ने उद्देश्यले आगामी चैत २० देखि २२ सम्म सगरमाथा संवादको आयोजना गर्न लागेको छ।

विद्यालय नर्सिङ कार्यक्रम उद्घाटन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सो कार्यक्रम उद्घाटन गरिएको हो।

ठूला आयोजनालाई प्रभाव नपार्ने गरी मुआब्जा लिन प्रधानमन्त्रीको आग्रह

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने पनि स्पष्ट पारे।

व्यावसायिक मेलमिलाप केन्द्रको उद्घाटन

नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा व्यावसायिक मेलमिलाप केन्द्र सञ्चालन भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन् ।

नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना उद्घाटन

हेटौंडामा निर्माण गर्न लागिएको नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको मंगलबार उद्घाटन गरिएको छ। परियोजनाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन्।

मन्त्री यादव र भारतीय राजदुत पुरीले गरे संयुक्त भवन उद्घाटन

भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन गरिएको छ। डेढ वर्ष अघि निर्माण सम्पन्न भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र नेपालका लागि भारतीय राजदुत मञ्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

आज पोषण परियोजनाको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बलियो नेपाल नामक पोषण अभियानको शुक्रबार शीतल निवासमा औपचारिक उद्घाटन गर्ने भएकी छन्।

बिल काटेर बिक्री केन्द्र उद्घाटन

बागवानी केन्द्र फाप्लुको बिक्री केन्द्र उद्घाटनमा नयाँ तरिका अपनाइएको छ। सामान्यतया नयाँ कामको उद्घाटन रिबन काटेर गर्ने परिपाटी रहे पनि बागबानी केन्द्रले बिल काटेर बिक्री केन्द्रको उद्घाटन गरेको छ।

पौडीमा दिया र खानुमा पहिलो

दिया डाँगी र खानुमा राईले १८औं एलए अन्तर विद्यालय पौडी प्रतियोगितामा स्वर्ण जितेका छन्। शुक्रबार भएको उद्घाटन खेलमा आयोजक स्कुल एलएकी दियाले १४ वर्षमुनीको ५० मिटर बटरफ्लाईमा सुभतारा स्कुलकी जारिया महर्जनलाई पछि पार्दै स्वर्ण जितेकी हुन। खानुमाले भने १५ वर्षमुनीको ५० मिटर ब्याकस्ट्रोकमा आइडियल मोडलकी लेसिया डंगोललाई हराउँदै स्वर्ण जितेकी हुन्।

मंगलबार पेट्रोलियम पाइपलाईन उद्घाटन

दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्