२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाँच हजार चार सय सेना फिर्ता लगिने

तालिबान लडाकु समूहसँग एउटा सैद्धान्तिक सहमति गर्दै संयुक्त राज्य अमेरिकाले २० साताभित्र अफगानिस्तानमा तैनाथ पाँच हजार चार सय अमेरिकी सेना फिर्ता लाने भएको छ।तालिबान लडाकु समूहसँगको वार्तामा सहभागी एक अमेरिकी उच्च वार्ताकारले वासिङ्टनले २० साताभित्र सो संख्यामा अमेरिकी सेना फिर्ता लाने बताएका हुन्।

पूर्वलडाकुको पीडाः पहिले सुरक्षा, अहिले उपेक्षा

लक्ष्मीका श्रीमान् (विष्णुबहादुर) पनि पूर्व लडाकु हुन्। लक्ष्मीका श्रीमान् विष्णुबहादुर जुम्लामा भएको भिडन्तमा दायाँ खुट्टा गुमाउनु प-यो। लक्ष्मीको टाउकामा पनि गहिरो चोट छ। उनै लक्ष्मी मुख्यमन्त्री शाहीलाई भेट्न कालीकोटबाट वीरेन्द्रनगर आइन्। मुख्यमन्त्री तथा तत्कालीन युद्धका कमिसार शाहीलाई भेट्ने ठूलो आशा लिएकी उनी र उनका श्रीमान् विष्णु निरास हुँदै फर्कनु प-यो।

अमेरिका–ताइवान एफ–१६ लडाकु विमान सम्झौता, चीनले गर्‍यो प्रतिबन्ध लगाउने चेतावनी

चीनले आफ्नो राष्ट्रिय स्वार्थको रक्षा गर्नका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने बताउँदै प्रवक्ता जेङले अमेरिका–ताइवान सम्झौतामा सहभागी हुने सबै कम्पनीलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

किरिया गरेको १५ वर्षपछि जीवितै घर फर्के पूर्वलडाकु

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन्। २०६१ सालमा रुकुमको खारामा भएको लडाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि मरेको ठानेर परिवारले किरिया गरेको थियो।

अफगानिस्तानमा २० लडाकु मारिए

सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकु मारिएका छन्। देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो।

‘न्याय नपाए हेगमा उजुरी दिने चेतावनी’

तीन महिनाभित्र आफ्नो माग पूरा नभए तत्कालीन माओवादी लडाकुका कमाण्डर दाहाल र जनसरकार प्रमुख भट्टराईविरुद्ध हेग जाने बताए।

अफगानिस्तानको फराहमा भिडन्त

अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

नारकीय जीवन बिताइरहेकी पूर्वलडाकुको उद्धार

आठ वर्ष अघिदेखि बिरामीले थलिएकी त्रिवेणी–५ जुगार जबरबोटकी ३२ वर्षीया पूर्वलडाकु निर्मला विक ‘साधना’ले उपचार पाउने भएकी छिन्।

युरोप पुगेर न्याय माग्दै पूर्वलडाकु

पूर्वलडाकु लेनिन बिष्टले युरोपियन एक्सटर्नल एक्सन सर्भिस, एसिया प्यासिफिक रिजनल अफेयर्स एन्ड साउथ एसिया, मेम्बर अफ जर्मन साउथ एसियन ग्रुप अफ पार्लियामेन्ट, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगलगायत निकायमा न्याय माग्दै पत्र बुझाएका हुन्।

बमको हल्लापछि लडाकु जेटले सकुशल ओराले यात्रुवाहक विमान

उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको अधिकारीहरूले बताएका छन्।

द्वन्द्वकालीन मुद्दा नटुंगिँदा गणतन्त्रको अनुभूति नै भएनः पूर्वलडाकु

वर्गविहीन समाज निर्माण गर्न भन्दै रुकुमबाट सशस्त्र १० वर्षे जनयुद्ध सुरु भएको थियो। देशका विभिन्न चार स्थानका प्रहरी चौकीमा एकसाथ आक्रमण गरी तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो।

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

सिरियाको सरकारी फौजले इड्लिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ। सो हवाई आक्रमण रुसी सेनाले गरेको आशंकासमेत गरिएको छ।

शान्ति वार्ता सम्झना

सिद्धान्ततः शान्ति प्रक्रिया सुरु भइसकेको सन्दर्भमा लामो समय आपसमा लडेका तत्कालीन शाही नेपाली सेना र संयुक्त राष्ट्रसंघले प्रयोग गरेको संज्ञाअनुसार ‘माओवादी लडाकु’ बीचको अविश्वास अन्त्य आवश्यक थियो।

युद्धको अर्को खेल सुरु नहोस्

रोल्पा थवाङ –३ मिरुलका खेमप्रसाद बुढा मगरका १० वर्ष तत्कालीन ‘माओवादी जनसेना’ बनेर बिते। यो अवधिमा ज्यानको बाजी लगाएर विभिन्न युद्धमा होमिएका उनी त्यो विगतलाई सम्झनसम्म चाहन्नन्। भन्छन्, ‘त्यो इतिहास सम्झनसम्म मन लाग्दैन।’ १० वर्षसम्म बन्दुक समातेर तत्कालीन राज्यसत्ताविरुद्ध लडेका उनले त्यो लडाइँको महत्व त्यतिबेला बुझे जतिबेला क्यान्टोनमेन्टबाट गलहत्याइए। सेना समायोजनका क्रममा सेना बन्नका लागि उमेर हद नपुगेपछि जनसेनाबाट सामान्य जीवनयापनमा फिरेका उनी अहिले घर निर्माण गर्ने व्यावसायमा छन्। त्यही व्यावसायबाटै रोजीरोटी धानेका उनी भन्छन्, ‘अब यस्ता कुनै पनि लडाइँ नहोउन्।’

पाकिस्तानले सूचना लुकाएको भारतको आरोप

पाकिस्तानभित्र भारतीय लडाकु जेटहरुले गरेको आक्रमण क्षेत्रमा पत्रकार एवं सञ्चारमाध्यमलाई जान नदिएर पाकिस्तानले सूचना लुकाइरहेको भारतले शनिबार आरोप लगाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्