९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रदेश १ मा ४ सय ४९ जना डिस्चार्ज, २ सय ५९ संक्रमित थपिए

४ सय ४९ जना डिस्चार्ज भइरहँदा प्रदेश १ मा सोमबार २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

२९ सय ३३ कोरोना संक्रमित थपिँदा ३१ सय ५० जना डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ९ सय ३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।

दुई कोरोना संक्रमितको विराटनगरमा मृत्यु

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट पछिल्लो २४ घण्टमा विराटनगरका अस्पतालमा उपचाररत २ जना वृद्ध पुरुषको मृत्यु भएको छ।

प्रदेश १ मा ५ सय ६९ जना संक्रमित थपिए, ६ सय १९ डिस्चार्ज

प्रदेश १ मा ५ सय ६९ जना कोरोना संक्रमित थपिँदा ६ सय १९ जना डिस्चार्ज भएका छन्। शुक्रबार प्रदेश १ को मोरङमा २ सय ५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्बुमा २, पाँचथर, खोटाङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमणबाट दुई वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन्।

२४ घण्टामा धरान र विराटनगरमा ९ जना कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमितको उपचारका क्रममा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ।

पछिल्लो १२ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। पछिल्लो १२ घण्टामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ५ जना छ भने धरान १६ का एक संक्रमितको होम आइसोलेसनमा नै मृत्यु भएको छ।

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ९० वर्षीय पुरुष रहेका छन्।

कोभिड अस्पताल र होम आइसोलेसनमा धरानका दुई संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका र कोभिड अस्पतालमा भर्ना गरिएका धरानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीपी प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा धरान र धनकुटाकी २ जना महिला छन् भने एक जना सुनसरीको दुहबीका पुरुष छन्।

एकै दिन थपिए ५ हजार ८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ५ हजार ८ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ हजार ३२० जनाको पिसिआर गर्दा ५ हजार ८ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारियो

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ। कोरोना भाइरसबाट संक्रमित चौधरीलाई चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सारिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए

नेपालमा कोरोना संक्रमित १ लाख नाघे

नेपालमा कोरोना संक्रमण देखिन सुरु भएको आठ महिनाको अवधिमा कुल संक्रमित संख्या १ लाख ६ सय ७६ पुगेको छ।

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द

कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिएको छ।

प्रदेश १ मा तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश १ मा मंगलबार बिहान मात्रै कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ। विराटनगरस्थित नोबेल मेडिकल कजेलमा दुई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्