जुम्लाका हरेक पालिकामा राहत कोष
कोराना भाइरसको संक्रमण हुन नदिनको लागि जुम्लाका हरेक पालिकामा राहत कोष खडा गरिएको छ। गन्युनतम ८ लाख रुपैयाँदेखि अधिकतम एक करोड रुपैयाँ सम्मको राहतकोष यहाँका स्थानीय सरकारले खडा गरेको हो। सबैभन्दा बढि चन्दननाथ नगरपालिकाले एक करोड रुपैयाँ बराबरको राहतकोष खडा गरेको छ। चैत २३ गते बसेको नगरकार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार स्वरुप एक करोडको कोष स्थापना गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।