९ मंसिर २०८१ आइतबार
image/svg+xml

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक पक्राउ

सिरिन्ज आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले बिहीबार राति महाराजगञ्जबाट पक्राउ गरेको हो ।

निर्माणाधिन मदन भण्डारी राजमार्गमा शंकास्पद वस्तु फेला

सिन्धुलीमा निर्माणधिन मदन भण्डारी राजमर्गमा शंकास्पद वस्तु फेला परेको छ। दुधौली नगरपालिका ८ मा रहेको राजमार्गमा सङ्कास्पद बस्तु फेला परेको देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शंकास्पद वस्तु फेला

बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद सोमबार बिहानै वस्तु फेला परेको छ । दोगडाकेदार गाउँपालिका(३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद बस्तु भेट्टिएको हो ।

लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला

काठमाडौंको अनामनगर र सुकेधारामा बम विस्फोट भएर मानवीय क्षति भएका बेला ललितपुरमा समेत शंकास्पद वस्तु फेला परेको छ। ललितपुरको लगनखेल र ग्वार्काेमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

पर्सा निकुञ्जभित्र जवानको शंकास्पद मृत्यु

पर्सा राष्ट्रिय निकुञ्जभित्रको नेपाली सेनाको श्रीबारा दल गणमा कार्यरत एकजना सिपाहीको शंकास्पद मृत्यु भएको छ।

कनकाईमाइ पुलमा भेटिएको बम डिस्पोज, यातायात सुचारु

कनकाई नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ। पुलको पुर्वी भागको उत्तरपट्टी आइतबार बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको चार आलीबाट खटिएको टोलीले डिस्पोज गरेको हो।

झापाको माइ पुलमा टाइम बम, राजमार्ग अवरुद्ध

झापाको कनकाई नगरपालिकाको माइ पुलमा शंकास्पद बस्तु फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि उक्त राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले बताएअनुसार उक्त झोलामा विस्फोटकजन्य कुनै पनि खालको सामान नभएको बताए।

बम डिस्पोज गर्ने क्रममा सेनाका नायक घाइते

सडकमा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका छन्। पोखराको नदीपुर स्थित प्रदेशसभा भवन गेट अगाडि राखिएको शंकास्पद वस्तु डिस्पोज गर्जे नेपाली सेनाका नायक धर्मबहादुर थापा घाइते भएका हुन्।

वडा कार्यालयमा विप्लवको पर्चा र शंकास्पद बस्तु

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गुर्भाकोट नगरपालिका ६ को वडा कार्यालयमा शंकास्पद बस्तु र पर्चा राखेको छ। इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार नेपाली सेनाको बम डिस्पोज टोलीले शंकास्पद बस्तु डिस्पोज गरिसकेको छ। ‘डिस्पोजका क्रममा माटो र ढुंगालाई पार्टीको झण्डाले पोको पारेर वडा कार्यालयमा झुण्ड्याइएको पाइयो’, इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईले भने, ‘शंकास्पद बस्तुसँगै विप्लव समूहको पर्चा पनि फेला परेको छ।’

बन्दका कारण पश्चिम नेपालकाे जनजीवन प्रभावित

विप्लव निकट नेकपाले गरेको बन्दले बिहीबार पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका क्रममा कतै गाडी जलाइए भने मुख्य सहरहरूमा शंकास्पद वस्तु भेटिए। सडक बजारमा बन्दकर्ता नभेटिए पनि बजारहरू बन्द थिए। लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। बन्दका कारण प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको हो।

शंकास्पद वस्तु डिस्पोज

पूर्वपश्चिम–राजमार्ग अन्तर्गत बर्दियामा फेला परेको  शंकास्पद बस्तु फेला सेनाले डिस्पोज गरेको छ। कुकरमा राखिएको वस्तु बम हुने आंशकामा सेनाले डिस्पोज गरेको प्रहरीले जनाएको छ।

राैतहटमा शंकास्पद वस्तु फेला

रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकको नहरमा शंकास्पद वस्तु फेला परेको छ। शंकास्पद वस्तु बम रहेको आशंका गरिएपनि सो वस्तु प्रेसर कुकर रहेको र त्यसभित्र कागजका टुक्राहरु मात्रै भरिएको प्रमुख सेनानी सुजन शाक्यले जानकारी दिए।

अनामनगरमा शंकास्पद वस्तु फेला

राजधानीको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्ट बुधबार साँझ कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

प्रदेश संसदमा कांग्रेसको आपत्ति : सीके राउतसँगको सम्झौतामा सरकार किन मौन?

सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताप्रति नेपाली कांग्रेसले प्रदेश १ को संसदमा आपत्ति प्रकट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्