६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

काेटेश्वरमा भेटिएकाे शंकास्पद वस्तु बम नभएकाे पुष्टि

काठमाडौं - कोटेश्वरमा सोमबार साँझ फेला परेको बस्तु बम नभएको प्रहरीले पुष्टि गरेको।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले बताएअनुसार उक्त झोलामा विस्फोटकजन्य कुनै पनि खालको सामान नभएको बताए।

साँझ केही बेरअघि बम भेटिएको भनी कोटेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो। बम भेटिएपछि कोटेश्वर हुँदै जाने सवारीसाधन करिब २ घण्टा जाममा परेका थिए।

प्रहरीका अनुसार कोटेश्वर हुँदै गुड्ने सवारी साधनलाई वैकल्पिक बाटोबाट जान अनुरोध गरिएको थियो। उनीहरुलाई तीनकुने चोकबाट डाईभर्सन गरिएको प्रहरीले जनाएको थियो।

प्रकाशित: २३ वैशाख २०७६ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App