शंकामा ट्राभलर असिस्ट, छानबिन गर्दै सरकार
पर्यटन क्षेत्रमा उद्धारको काम गर्दै आएको एक विदेशी कम्पनी ट्राभलर असिस्टलाई शंकाको घेरामा राख्दै सरकारले छानबिन थालेको छ।
पर्यटन क्षेत्रमा उद्धारको काम गर्दै आएको एक विदेशी कम्पनी ट्राभलर असिस्टलाई शंकाको घेरामा राख्दै सरकारले छानबिन थालेको छ।
बानेश्वर गंगादेवी टोल ठेगाना उल्लेख गर्ने मिनु शाह छिब्बर परिवारको मात्रै स्वीस बैंकमा २ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ। यहाँका बैंकमा सबैभन्दा धेरै रकम जम्मा गर्ने नेपालीमा पर्छिन् मिनु। स्वीस बैंक पु-याइएको ‘शंकास्पद धन’ को नेपाल ‘कनेक्सन ।’
दुइ जहाज किन्दा साढे २ अर्ब देखि साढे ६ अर्ब बीच खोटाला भएको हुनसक्ने लेखा समितिको प्रारम्भिक अध्ययनले देखाएको छ।
काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा सोमबार बिहान ११ बजेतिर आएका एक व्यक्तिले शंकास्पद वस्तु छाडेर गएपछि दिनभर तनाव भएको छ।
सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन्।
जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित समुदायलाई घर बनाएर हस्तान्तरण गर्ने कार्यविधि नै आर्थिक चलखेल हुने गरी तयार पारेको पाइएको छ।
भेरी नगरपालिका–३ ठाटिबजारमा पहिरो जादा दुई घर पुरिएका छन्।
प्रतिनिधिसभा सदस्य निरुदेवी पाललाई मंगलबार साँझ कञ्चटमा पेस्तोल ताकेको घटनामा अनुसन्धान गर्न काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ।
भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको छ। नगरपालिकाको वडा नं १८ निम्बुखेडास्थित उखुबारीमा आज विहान मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए।
इलामको देउमाई नगरपालिका–१, चमैतामा एकजनाको शव ‘शंकास्पद हत्या’को अवस्थामा फेला परेको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योग नजिकै शंकास्पद वस्तु भेटिएको छ।
रौतहटमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवाका ६५ बर्षीया हेमन्ती देवीकोे आइतवार विहान घरबाट करिब दुई सय मिटर पर खेतमा शव फेला परेको छ।
कलैया उपमहानगरपालिका–५ बस्ने १७ बर्षिया प्रियंका मिश्राको मृत्युमा परिवारको भूमिका शंकास्पद देखिएकाले घटनाको अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन्।