लालबाबु राउत नेतृत्वको प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन गर्ने जनाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ जनकपुरस्थित उनकै निवासमा पुगेर मुख्यमन्त्री राउतले भेट गरेका छन् । सो अवसरमा पूर्व उपप्रधान मन्त्रीसमेत रहेका निधिले सत्तापक्षले अपेक्षा गरेको हरेक प्रकारको सहयोग गर्न कांग्रेस तत्पर रहेको बताए।
कृषियोग्य जमिन खण्डीकरण गरी घडेरीको रुपमा बिक्रीवितरण गर्न नपाउने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र तेजबहादुर केसीको संयुक्त इजलासले सरकारको निर्णय सदर गर्दै खण्डीकरण कार्य रोक्ने फैसला गरेको हो । अन्तरिम आदेशमार्फत रोकिएको सरकारको निर्णय कार्यान्वयनको बाटोसमेत खुलेको छ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।
नेपाल–भारत सम्बन्ध सुमधुर र विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ । यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’
डा. गाेविन्द केसी पक्राउको विरोध र उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आयोजना गरेको प्रदर्शनमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी गरिरहेका छन्।
अदालतको अवहेलना गरेको आरोपमा पक्राउ परेका डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनीतिक दल र नागरिक समाजले छुट्टाछुट्टै आयोजना गरेका कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागी भए । डा.केसीले सर्वसाधारणका लागि लडेको हुँदा उनको समर्थन गर्नु नागरिक दायित्व भएको सहभागीहरूको प्रतिक्रिया थियो ।
अदालतको अवहेलना गरेको आरोपका आधारमा पक्राउ परेको डा.गोविन्द केसीको समर्थनमा मंगलबार साँझ चितवनमा प्रदर्शन भएको छ । राजनैतिक दल र नागरिक समाजले छुट्टा छुट्टै आयोजना गरेको कार्यक्रममा सर्वसाधरणका साथै सासंदसमेत सहभागि भए ।
डा. केसी पक्राउको विरोध गर्दै माइतीघर मण्डलामा उनको रिहाईको माग गर्दै समर्थकहरुले विरोध प्रर्दशन गरेका छन् । मंगलबार बिहान ८ बजेदेखि माइतीघर मण्डला डा. केसीको गिरफतारीविरुद्ध उनका समर्थकहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संचनागत योजनामा यूरोपले भाग लिनुपर्ने बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा छ। उनले सिल्क रोड, जसलाई ‘वन वेल्ट, वन रोड’ पनि भनिन्छ, यसबाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको असाधारण समर्थन पाएको बताएका छन्। गृह जिल्ला झापाका आएका उनले नेपाली जनताले असाधारण समर्थनका साथ आफूहरुलाई अघि बढ्ने आदेश दिएको बताए।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पार्टीको समर्थन नरहेको स्पष्ट पारेका छन्।
आगामी मंसिर २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। उनले वाम गठबन्धनको समर्थनमा आज मध्याह्न उम्मेद्वारी दर्ता गराएका हुन्।
उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीले आगामि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक पार्टीलाई भरपूर सहयोग गर्ने घोषणा गरेका छन्। लामो समय राप्रपाको राजनीति गरेर संविधानसभा सदस्य समेत बनिसकेका उनी पछिल्लो समय राजनीतिमा निस्क्रिय थिए।
एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो ।