१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकारलाई राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेकोे छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक दिलनाथ गिरीले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा गई राप्रपाले सरकारलाई समर्थन गरेको पत्र बुझाएका हुन ।

राप्रपाले सरकारलाई समर्थन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । देउवासहित नेपाली कांग्रेस नेतासँग आइतबार भएको बैठकमा राप्रपाका नेताहरूले सरकारलाई समर्थनको पत्र लेख्न सहमत भएको हो ।

डा. केसीको समर्थनमा अस्पताल बन्द

चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा रोल्पाकाका चिकित्सकहरूले आपतकालीन सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। डाक्टर केसीको मागप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले यसो गरेका हुन्।

डा.केसीको समर्थनमा भरतपुरमा रिले अनशन सुरु

मेडिकल शिक्षामा सुधारमा माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा बुधबारबाट भरतपुरमा रिले अनशन सुरु भएको छ। डा.केसीले साउन नौ गतेदेखि अनशन सुरु गरेका हुन्। उनले अनशन सुरु गरेको यो एघारौं पटक हो। स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग पुरा गर्ने बारेमा ध्यान नदिएको भन्दै भरतपुरमा रिलो अनशन सुरु भएको हो।

डा. केसीको समर्थनमा पूर्व प्रधान न्यायाधीस कार्की सडकमा

१३ दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीको माग पुरा गर्न  दबाब दिन पूर्व प्रधानन्यायधिस शुसिला कार्की सडकमा उत्रेकी छिन्।

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन (फोटो फिचर)

एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका सातबुँदे माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ ।

अमिरको समर्थन गर्दा कतारलाई जरिवाना

विश्वकप छनोट चरणका खेलमा कतार राष्ट्रिय टोलीका खेलाडीले आफ्नो देशका अमिरको फोटोअंकित टिसर्ट प्रदर्शन गरेर नियम मिचेको भन्दै विश्व फुटबलको सर्बोच्च निकाय फिफाले कतार फुटबल संघलाई जरिवाना गरेको छ।

डा. केसीको समर्थन गर्दै भरतपुरमा प्रदर्शन

काठमाडौंमा अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसँग माग गर्दै शुक्रबार साँझ भरतपुरको चौबिसकोठीमा प्रदर्शन भएको छ । चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डा.केसीले पाँच दिन पहिलो काठमाडौंमा आमरण अनशन सुरु गरेका छन् । उनले आमरण अनशन सुरु गरेको यो ११ औं पटक हो ।

कतारलाई समर्थन गरे १५ वर्ष जेल

यूएई सरकारले देशका  नागरिकले कतार प्रति सहानुभूति देखाएमा तत्कालै पक्राउ गरी १५ वर्षको जेल सजाय तोक्ने निर्णय गरेको छ ।

नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोधः नेता नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताएका छन्।

देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय, सरकारमा जाने-नजाने निर्णय लिन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यसअघि देउवाको पक्षमा मतदान गर्नेबारे राप्रपामा विवाद खडा भएको थियो।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीले देउवालाई समर्थन गर्ने

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको यादवका प्रेस संयोजक महेश चौरसियाले नागरिकन्युजले बताए।

साना दलको समर्थन खोज्दै देउवा

प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेसमा आन्दोलनरत राष्ट्रिय जनता पार्टीसहित संसद्मा प्रतिनिधित्व गर्ने साना दलको समर्थन आफ्नो पक्षमा जुटाउन सक्रिय भएका छन् ।

निरुपमालाई विवेकशीलको समर्थन

काठमाडौँ महानगरपालिकाको उपमेयरको स्वतन्त्र उम्मेद्वार निरुपमा यादवलाई विवेकशील नेपालीले समर्थन गरेको छ । मेयरमा रञ्जु न्यौपानेलाई उम्मेद्वार तोकेको विवेकशीलले उपमेयरमा भने साझा पार्टी समर्थित स्वतन्त्र उम्मेद्वार यादवलाई समर्थन गरेको हो ।

समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरियो राप्रपा

पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले संसदमा महाअभियाेग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेकाे राप्रपाले साेमबार साँझ सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्