२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अमिरको समर्थन गर्दा कतारलाई जरिवाना

जेनेभा- विश्वकप छनोट चरणका खेलमा कतार राष्ट्रिय टोलीका खेलाडीले आफ्नो देशका अमिरको फोटोअंकित टिसर्ट प्रदर्शन गरेर नियम मिचेको भन्दै विश्व फुटबलको सर्बोच्च निकाय फिफाले कतार फुटबल संघलाई जरिवाना गरेको छ।

फिफाको अनुसासन समितिले २०२२ को विश्वकप आयोजक कतारलाई आयन्दा यस्तो व्यवहार नदोहोर्‍याउन चेतावनी दिनुका साथै ५१ हजार ८ सय डलर जरिवाना गरेको फिफाले जनाएको छ।

दोहामा विश्वकप छनोटअन्तर्गत दक्षिण कोरियामाथि ३–२ को जित हासिल गरेको खेलमा कतारका खेलाडीले जर्सीभित्र लगाएको टिसर्टमा कतारी अमिर शेख तमिम बिन हमाद अल थानीको तस्विर प्रदर्शन गरिएको थियो। फिफाले यसलाई राजनीतिक दृष्य प्रदर्शन गरेको रुपमा लिएको थियो। यसैगरी कतारी समर्थकले पनि उक्त खेलदौरान विभिन्न राजनीतिक नाराअंकित ब्यानर प्रदर्शन गरेका थिए। राष्ट्रिय फुटबल संघसँगै फिफाले कतारका खेलाडी हसन अल्हाइडोसलाई पनि खेलभावना विपरित काम गरेको आरोपमा ५ हजार  सय ८० डलर जरिवाना गरेको छ।

साउदी अरेबियाको नेतृत्वमा इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्ससहितका छिमेकीले कतारसँग सबैखाले कुटनीतिक सम्बन्ध तोड्दै नाकाबन्दी गरेको अवस्थामा जुन १३ मा भएको खेलदौरान कतारीले यस्तो प्रतिक्रिया जनाएका थिए। कतारका खेलाडीले त्यही नाकाबन्दीको प्रतिक्रियास्वरुप अमिरमाथि समर्थन जनाउने क्रममा वार्मअपमा उनको फोटोअंकित टिसर्ट लगाएका थिए।

प्रकाशित: १४ श्रावण २०७४ ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App