१० मंसिर २०८१ सोमबार
image/svg+xml

सरकार संविधान संशोधनका लागि समर्थन जुटाउने प्रयास गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने विषयमा संघीय गठबन्धनका नेताहरुसँग बिहीबार छलफल गरेका छन्। छलफलपछि संशोधनमा समर्थन जुटाउनका संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग अौपचारिक तथा अनौपचारिक छलफल गर्ने निर्णय गरिएको छ। बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयक द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी छलफल भएको छ। बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ।

संविधान संशोधनको नयाँ प्रस्ताव एमालेले समर्थन नगर्ने

नेकपा (एमाले)को सोमबार बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ।

संशोधनमा एमालेले समर्थन गर्दैन : भट्टराई

प्रमुख प्रतिपक्षी एमालेले संविधान संशोधन प्रस्तावलाई समर्थन नगर्ने भएको छ। मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न ल्याउन लागेको भन्दै एमालेले संविधान सशोधन प्रस्तावलाई समर्थन नगर्ने भएको छ।

गच्छदारको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मधेसी जानअधिकार फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। पार्टी कार्यालयमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले 'थरुहट मधेसको मुद्दा सम्बोधन गर्न नसक्ने सरकारलाई समर्थन गरिरहन उपयुक्त नहुने' निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

मोर्चाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, असहयोग आन्दोलन गर्ने

मधेसी मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पुरा गर्दै सरकारकाविरुद्ध असहयोग र अवज्ञा आन्दोलन गर्ने भएको छ।

संघीय समाजवादी फोरमले लियो सरकारसँगको समर्थन फिर्ता

वर्तमान सरकार गठनको बेला भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले सरकारसँगको समर्थन फिर्ता लिएको छ ।

मोर्चाले समर्थन फिर्ता लिएको संसदलाई जानकारी

व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका  छन्।

मोर्चाले समर्थन फिर्ताको पत्र सभामुखलार्इ नपठाउने

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुगेको छ ।

संशोधन प्रस्ताव निर्णयार्थ पेश भए समर्थन फिर्ता लिन्छौंः उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्तावलाई यथास्थितिमै संसदमा निर्णयार्थ पेश गरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन्।

समर्थन फिर्ता नगर्न मोर्चासँग आग्रह

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन मधेसी मोचासँग आग्रह गरेका छन्।

संशोधन पारित नभए समर्थन फिर्ता

मधेसी मोर्चाले संविधान संशोधन विधेयक पारित नभए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने तयारी गरेको छ। तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।

सरकारलाई दिएको समर्थन ४८ घण्टाभित्र फिर्ता लिन्छौंः सुमन

मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।

एमालेकै समर्थनमा संविधान संशोधन पारित हुन्छः सल्लाहाकार खनाल

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव एमालेकै समर्थनमा संसदबाट पारित गराउने गृहकार्य अगाडि बढिरहेको बताएका छन्।

'संशोधन टुंगो नलागेसम्म समर्थन कायमै'

मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन विधेयक टुंगो  नलाग्दासम्म सरकारलाई समर्थन गर्ने भएको छ। गठबन्धनको शुक्रबारको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भए पनि निर्णय भने भएन। बैठकपछि जारी विज्ञप्तिमा आगामी बैठकले समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने चेतावनी मात्र दिइएको छ।

गठनबन्धन आन्दोलनमा जाने, सरकारको समर्थन फिर्ता लिन छलफल गर्ने

संघीय गठबन्धनले सरकारले घोषणा गरेको निर्वाचनविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। गठबन्धनले सरकारलाई बुझाएको २६ बुँदे माग पूरा नभएको, संविधान संशोधन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्