३ आश्विन २०८१ बिहीबार
image/svg+xml

फास्ट ट्रयाकः रुख कटानीको क्षतिपूर्ति वन कार्यालयले माग्याे

सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ। डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक (द्रुत सडक मार्ग) निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्व बमोजिम क्षतिपूर्ति माग गरेको हो।

‘टिआरसी आयोग हात्तीको देखाउने दाँत’

सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सरकारको देखाउने दाँत मात्र भएकाले कुनै पनि काम गर्न नसकेको आयोगकी सदस्य मञ्चला झाले बताएकी छन्। पदाधिकारी बीचको बेमेल, राजनीतिक दबाब र सरकारको उदासीनताका कारण काम हुन नसकेको भन्दै ‘आयोग हात्तीको देखाउने दाँत’ जस्तै भएको उनले टिप्पणी गरिन्।

मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने नेकपाको माग

भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी पार्टी प्रदेश नं. २ को कमिटीले क्षतिपूर्ति माग गरेको छ।

अस्ट्रेलियामा ठगिएका विद्यार्थीलाई क्षतिपूर्तिको दिलाउने पहल

अस्ट्रेलिया इनस्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) बाट ठगिएका विद्यार्थीले क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै अस्ट्रेलियाको शिक्षा मन्त्रालय डिपार्टमेन्ट अफ एजुकेसन एन्ड ट्रेनिङसमक्ष लिखित माग राखिसकिएको अस्ट्रेलियाका लागि निमित्त राजदूत द्रुपदा सापकोटाले जानकारी दिइन्।

ललितपुरको बम विस्फोटले लियो नयाँ मोड, आफन्तद्वारा क्षतिपूर्तिकाे माग

ललितपुरको भैंसेपाटीस्थित एनसेल कार्यालयको गेट अगाडि भएको बम विस्फोट परी घाइते भएका सिंह प्रताप गुरुङको  मृत्यु भएपछि आफन्तले आन्दोलनको तयारी गरेका छन्।

वन्यजन्तुपीडित परिवारलाई राहत

वन्यजन्तुले क्षति पुर्‍याएका परिवारलाई लाङटाङ राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ। निवेदन दिएकामध्ये बिहीबार चार पीडितमध्ये कर्मा धिन्दुप तामाङलाई ३० हजार, कैसाङ तामाङलाई ३५ हजार, सोनाम साबो तामाङलाई ३० हजार राहत वितरण गरिएको निकुञ्जले जनाएको छ।

करेन्टपीडितलाई क्षतिपूर्ति र उपचार

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले धनुषाको सबैलामा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए।

पेट्रोलियम पदार्थ चुहावटकाे सीमा नाघे डिपो प्रमुखबाट क्षतिपूर्ति

पेट्रोलियम पदार्थ चुहावटमा तोकिएको सीमा नाघे नेपाल आयल निगमले सम्बन्धित डिपो प्रमुखबाट प्राविधिक नोक्सानी बापतको रकम क्षतिपूर्ति बापत भराउने भएको छ। सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि निगमका अधिकांश डिपोमा लस टार्गेट (प्राविधिक नोक्सानी लक्ष्य) सीमाभन्दा कम भए पनि केही डिपोले सीमा नाघेपछि निगमले कडाइ गर्न लागेको हो।

उत्तर कोरियासँग अमेरिकाले माग्याे ५ करोड डलर क्षतिपूर्ति

अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग ५ करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ। अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो।

नागरिक बडापत्रमा सीमित क्षतिपूर्तिको व्यवस्था

सुनसरी इनरुवाका अमिस खड्काले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय चावहिलबाट प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेको एक वर्ष पुग्नै लाग्यो। मोटरसाइकल लाइसेन्स लिन राजस्व बुझाएको रसिद नागरिकलाई देखाउँदै खड्काले भने, ‘गत साल पुस २६ गते लाइसेन्स लिन राजस्व तिरेको हुँ, धेरैपटक यातायात कार्यालय धाइयो तर अझै लाइसेन्स पाउने छाँट देखिन्न।’

मुम्बईको अस्पतालमा भीषण आगलागी, ८ जनाको मृत्यु

भारतको मुम्बईस्थित एक सरकारी अस्पतालमा सोमबार साँझ भीषण आगलागी भएको छ । आगलागीमा परी ८ जनाको मृत्यु  छ भने झन्डै १ सय ५० जना घाइते भएका छन्।

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपूर्ति

मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो।

पाकिस्तानको माग अस्वीकार

दुईपक्षीय शृंखलाको सम्झौता भंग गरेबापत पाकिस्तानले भारतसँग माग गरेको क्षतिपूर्ति मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अस्वीकार गरेको छ।

क्षतिपूर्ति विवादले पाँच दिनदेखि शव अस्पतालमै

भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ।

क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

क्षतिपूर्ति बापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रवार तीन जना कर्मचारीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्