४ वैशाख २०८१ मंगलबार

लकडाउन खुलेसँगै संक्रमित बढे

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेको छ। असार अन्तिम सातादेखि घट्दै गएको संक्रमितको संख्या साउन ६ यता हरेक दिन बढ्दै गएको छ।

ग्राहकबिनाको बजार !

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी बजार पूर्णरूपमा खुलेको छ। चार दिनदेखि धनगढीको बजार व्यवसाय खुला भए पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन्। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहक आउन सकेका छैनन्।

बजार खुले पनि ग्राहक छैनन्

कोरोना संक्रमणबीच सरकारले लकडाउन खुकुलो पारेपछि बजार खुल्न थालेको छ। लडाउनका कारण झन्डै तीन महिनासम्म ठप्प भएको बजारमा खुकुलोसँगै सोमबारदेखि फाट्टफुट्ट सर्वसाधारण देखिन थालेका छन्। आर्थिक गतिविधि खासै नबढे पनि यतिखेर खुकुलो भएको बजार अब बन्द गर्न नपरे हुन्थ्यो भन्ने कामना व्यवसायीको छ।

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ।

लकडाउन खुकुलो भएपछि सवारी चाप बढ्यो

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ। काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्