नेपाली कांग्रेसका चन्द्र भण्डारीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रति कटाक्ष गरेका छन्।
देशको नेतृत्व गर्न चाहने व्यक्ति संवाद, छलफल र प्रश्न–उत्तरबाट उम्किनु नहुने भन्दै उनले कटाक्ष गरेका हुन्। भर्चुअल वर्ल्ड र रियल वर्ल्ड फरक हुने बताउँदै भण्डारीले छलफल नेतृत्वको पहिचानको कसी संवाद, छलफल र प्रश्न–उत्तर नै भएको बताए।
'देशको नेतृत्व गर्न चाहने व्यक्ति संवाद, छलफल र प्रश्न–उत्तरबाट उम्किनु हुँदैन,' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'भर्चुअल वर्ल्ड र रियल वर्ल्ड फरक हुन्छ! छलफल नेतृत्वको पहिचानको कसी पनि हो!!!'
प्रकाशित: ११ माघ २०८२ १९:५७ आइतबार





