२६ वैशाख २०८१ बुधबार
image/svg+xml

थिमिस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन नर्सलाई कोरोना पुष्टि

भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री अस्पतालका तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ। साथै अस्पतालमा पाकिङको व्यवस्थापन तथा भीडभाड नियन्त्रणका लागि खटिने एकजनालाई पनि कोरोना भएको छ।

बारा र पर्सामा चार जना प्रहरी र चार थुनुवासहित थप ७० जनामा कोरोना पुष्टि

नारायणी अस्पताल वीरगन्जको पिसिआर परीक्षण प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका ६५ जना र बाराका ५ जनासहित थप ७० जनालाई यहाँ कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार राति आएको एउटा रिपोर्टअनुसार पर्साका ५२ जना र बाराका ३ जनासहित थप ५५ जनालाई यहाँ कोरोना संक्रमण पुष्टि भएको हो।

पर्साका एक नगरप्रमुखसहित थप ५५ मा कोरोना पुष्टि

पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत बुधवार बहुदरमाई नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा पुगेको टोलीलाई परीक्षणका लागि स्वाब दिएकामध्ये त्यहाँका नगरप्रमुख साहसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए।

वीरगन्जमा थप एक मृतकमा कोरोना पुष्टि

वीरगन्जस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका वीरगन्ज–३ छपकैयाका ६५ वर्षका वृद्धमा शुक्रवार राति कोरोना संक्रमण पुष्टि भएको छ। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणको पिसिआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

अर्को मृतकमा पनि कोरोना पुष्टि, पर्सामा साउनयता १६ काे मृत्यु

गत मंगलबार राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ श्रीपुरका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट बिहीबार साँझ आएको परीक्षण रिपोर्टमा ती वृद्धमा पनि कोरोना देखिएको छ ।

मृतकमा कोरोना पुष्टि, काेराेनाबाट साउनयता पर्सामा १५ जना मृत्यु

वीरगन्जको अस्थायी कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै साउनयता पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । वीरगन्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुषलाई गण्डकस्थित अस्थायी कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सशस्त्रका ४६ जनामा कोरोना पुष्टि

इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ।

मंगलबार राती सप्तरीमा मृत्यु भएका तीनमध्ये एकमा कोरोना पुष्टि

मंगललबार राती कोरोनासँग मिल्दो लक्षण भएका सप्तरीका तीन जना मृतक मध्ये एकजनामा कोरोना पुष्टि भएको छ ।सप्तरीको रुपनी गाउँपालिका–५, का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा २१ हजार ९ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घन्टामा सात हजार पाँच सय ८७ जनाको पिसिआर परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

अख्तियारका १४ प्रहरीसहित १५ जनामा कोरोना पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारका प्रेस विज्ञ शरद अधिकारीकाअनुसार मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा थप ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा तीन जना थपिएका छन् ।’

प्रहरी हेडक्‍वार्टरका थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २ सय ७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना पुष्टिपछि जगदम्बा इन्टरप्राइजेज सिल

वीरगन्ज महानगरपालिका वडा नं ३२ मा रहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरस्थित जगदम्बा इन्टरप्राइजेजमा कार्यरत चार जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योगमा सिल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्