१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्को मृतकमा पनि कोरोना पुष्टि, पर्सामा साउनयता १६ काे मृत्यु

गत मंगलबार राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ श्रीपुरका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालाबाट बिहीबार साँझ आएको परीक्षण रिपोर्टमा ती वृद्धमा पनि कोरोना देखिएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले यसको पुष्टि गरेका छन्। 

मङ्गलबार राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरिएको थियो । यसअघि वीरगन्जको अस्थायी कोरोना विशेष अस्पतालमा बिहीबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज–१० आदर्शनगर घर भएका ५६ वर्षीय पुरुष गण्डकस्थित अस्थायि कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । साझ आएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको थियो ।

प्रकाशित: २२ श्रावण २०७७ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App