१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बालिकालाई करणी गरेको आरोपमा युवा पक्राउ

चापाकोट नगरपालिका स्याङ्जाकी १३ वर्षीया बालिकालाई जवरजस्ती गरेको आरोपमा पाल्पाका युवा पक्राउ परेका छन्।

पेत्रामाथि कारोलिनको पहिलो जित

डिफेन्डिङ च्याम्पियन कारोलिन वज्नियस्कीले चार वर्षमा पेत्रा केभितोभामाथि पहिलो जित निकाल्दा सिंगापुरमा भएको डब्लुटिए फाइनल्समा ७–५, ३–६ र ६–२ को सफलता निकालेकी छन् ।

प्रधानमन्त्री कार्यालयलमा तानिइन् स्वास्थ्य सचिव

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा तानेको छ।

मोदीले पाए सिओल शान्ति पुरस्कार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिओल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। ‘मोदीनोमिक्स’ (मोदी अर्थतन्त्र) मार्फत भारत र विश्वको अर्थतन्त्र उकास्न योगदान गरेको भन्दै मोदीलाई यो पुरस्कार प्रदान गरिएको हो।

पद्मश्री साहित्य पुरस्कार प्रदान

खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति 'यार' को लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

कलाकारलाई दसैं : कसैलाई रमाइलो, कसैलाई खल्लो

दसैं केही कलाकारका लागि रमाइलो भयो त केहीले पुरानो दसैं सम्झेर चित्त बुझाए । फिल्म, गीत संगीतका कलाकारलाई आम मानिसले झैं दसैं मनाउने चाह हुन्छ । तर धेरैका लागि कमाउने अवसर पनि । कार्यक्रमको चापले चाडवाडकै बेलामा छोप्ने गर्छ।

राहत वितरणमा सरकारद्वारा विभेद

बलात्कारपछि हत्या घटनाका पीडितलाई सरकारले राहत वितरणमा विभेद गरेको भन्दै कैलाली गौरीगंगाकी देउसरा विश्वकर्माले विभिन्न सघसंस्था एवं पत्रकार गुहारिन् ।

डिआईजीको सरुवाः मेट्रोमा थापा, सिआइबीमा शाही र अख्तियारमा ज्ञवाली

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन्। थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।

म सरकारको बिरोधी हैन : नेता नेपाल

संसदमा सरकारको चर्को आलोचना गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले मंगलबार सरकारको बचाउ गरेका छन्। उनले मंगलबार दाङमा बर्तमान सरकारका बिरुद्ध आँफूले नकारात्मक टिप्पणी नगरेको भन्दै यसको दोषी सञ्चार माध्यम रहेको आरोप समेत लगाए।

पत्रकार खाशाेग्जीको हत्याको विरोध

नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ।

‘ओली सरकार आन्तरिक द्वन्द्वको चक्रव्युहमा पर्‍यो’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेको टिप्पणी गरेका छन्। ‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ। हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो। तर, नेकपाकै वरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ। यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ।’

सुनको कारोवारमा कमी

पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ। गत वर्ष बडादशैंमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्