इंग्ल्याण्डद्वारा बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत
एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा इंग्ल्याण्डले बंगलादेशसामु ३८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
एकदिवसीय विश्वकपको आजको पहिलो खेलमा बंगलादेशले टस जितेर इंग्ल्याण्डलाई ब्याटिङ्को निम्ता दिएको छ।
एकदिवसीय विश्वकपका क्रममा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले लगाएको पञ्जाको कारण भने सामाजिक सञ्जालमा चर्चा निकै भयो।
एकदिवसीय विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकामाथि जित निकाल्यो। तर, त्यही खेलमा भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले लगाएको पञ्जाको कारण भने सामाजिक सञ्जालमा चर्चा निकै भयो।
जारी एकदिवसीय विश्वकपमा आज श्रीलंका र पाकिस्तान भिड्दै छन्।
पश्चिम युरोपलाई जर्मन नाजी समूहबाट स्वतन्त्र गर्ने प्रयासमा फ्रान्स, बेलायत, क्यानडा र अमेरिकालगायतका राष्ट्रहरुको गठबन्धन भएको दिनको सम्झनामा बिहीबार आयोजित ७५ औं ‘डी–डे’ का अवसरमा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन र यसका दोस्रो विश्व युद्धका सहयोगीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। ‘विश्व युद्धको उत्कर्षका बेला बनेको हाम्रा सबै मित्र तथा साझेदारबीचको सहकार्य युद्धका समयमा परीक्षण भइसकेको छ, जुन विश्व शान्तिका लागि आशिर्वाद बनेको थियो,’ उनले भने, ‘हाम्रो सहकार्य अटूट छ।’
नेपालले स्वास्थ्य र शिक्षामा लगानी बढाए दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने दातृ निकाय विश्व बैंकले जनाएको छ। विश्व बैंकले राजधानीमा बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्ण मात्रामा सुधार ल्याउन सके आर्थिक क्षेत्रमा फड्को मार्ने जनाएको हो। ‘नेपालसँग आर्थिक वृद्धिदर दोहोरो अंकले बढाउन सक्ने सामथ्र्य छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो पूरा गर्न सम्पूर्ण जनतामा पूर्ण शिक्षा र स्वास्थ्यको व्यवस्था हुन जरुरी देखिन्छ।’ विश्व बैंकले उत्पादकत्व र श्रम क्षेत्रलाई प्रतिस्पर्धात्मक गराएर नेपाल मध्यम आय राष्ट्रको स्तरमा उक्लिन सक्ने औंल्याएको छ।
प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो।
नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गरेका हुन्।
एकदिवसीय विश्वकपको आजको खेलमा वेस्ट इण्डिजले टस जितेर अष्ट्रेलियालाई ब्याटिङ्को निम्ता दिएको छ।
विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो।
एकदिवसीय विश्वकपको आजको खेलमा बलिया मानिएका टिमहरु वेस्ट इण्डिज र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्।
ग्राण्डी इन्टरनेसनल अस्पतालले विश्व वातवरण दिवसको अवसरमा टोखा नगरपालिकाको समुदायमा सरसफाइ गरेको छ। बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म टोल सफाइ गरिएको थियो।
विश्व वातावरण दिवसका अवसरमा सगरमाथाबाट संकलन गरिएको फोहोर पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ। वैशाख १ गतेदेखि लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संकलन गरिएको फोहोर बुधबार एक कार्यक्रमकाबीच ‘ब्ल्यु ओस्ट टु भ्यालु’लाई हस्तान्तरण गरिएको हो।
मेडिकल कलेज सञ्चालकहरुले विश्वविद्यालयकै स्वीकृति र सहमतिमा विद्यार्थीसँग शुल्क लिने गरेको बताएका छन् । संसद्को मेडिकल कलेज शुल्क विवाद छानबिन उपसमितिको बैठकमा बुधबार उपस्थित मेडिकल कलेजका सञ्चालकहरुले आफूहरुले विश्वविद्यालयको नीतिअनुसार नै विद्यार्थीसँग शुल्क उठाएका दाबी गरेका हुन् ।