काठमाडौं – ग्राण्डी इन्टरनेसनल अस्पतालले विश्व वातवरण दिवसको अवसरमा टोखा नगरपालिकाको समुदायमा सरसफाइ गरेको छ। बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म टोल सफाइ गरिएको थियो।
सफाइमा अस्पताल सञ्चालक समितिका निर्देशक साधुराम पाण्डे र अस्पतालका निर्देशक डा. चक्रराज पाण्डे र अस्पतालका वरिष्ठ चिकित्सक, नर्स तथा कर्मचारी सहभागी थिए।
सो अवसरमा अस्तपताल हाताभित्र विभिन्न जातका विरुवा रोपेको छ। अस्पतालाको वातवरण तथा उत्पादनमूलक प्रयोजनका लागि फलफूलको विरुवा रोपेको जनाएको छ। वातावरण दिवसका अवसरमा बर्सेनि अस्पताल हाताभित्र विभिन्न विरुवा रोपेर विश्व वावतरण दिवस मनाउने गरेको छ। वातवरण स्वच्छ राख्न हरेक वर्ष वातरणसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएको अस्पतालले जनाएको छ।
प्रकाशित: २३ जेष्ठ २०७६ ०३:१९ बिहीबार