१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकपमा श्रीलंका र पाकिस्तान भिड्दै

काठमाडौं– जारी एकदिवसीय विश्वकपमा आज श्रीलंका र पाकिस्तान भिड्दै छन्।

ब्रिस्टोल स्टेडियममा हुने खेलमा दुवै टिम आफ्नो दोश्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छन्। जारी विश्वकपमा समान २ खेल खेलेका यी टोलीले समान १ हार र १ जीत निकालेका छन्। पहिलो खेलमा वेस्ट इण्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले इङ्ल्याण्डमाथि १६ रनको रोमाञ्चक जित निकालेको थियो। त्यस्तै पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटको पराजय भोगेको श्रीलंकाले दोश्रो खेलमा श्रीलंकामाथि ३४ रनको जित निकालेको थियो।

यी टिमबीचको पछिल्ला ५ खेललाई हेर्ने हो भने पाकिस्तान मजबुत देखिन्छ। यी टोलीबीच भएका पछिल्ला ५ खेलमा सबै खेल पाकिस्तानले जितेको छ। यी टोलीबीचको खेल आज दिउँसो ३ः१५ बाट सुरु हुनेछ।


 

प्रकाशित: २४ जेष्ठ २०७६ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App