१२ असार २०८१ बुधबार
image/svg+xml

बाराका दर्जनौ नदी किनारका बस्ती डुबानमा

केही दिनको लागातार बर्षाका कारणले खोलानालाहरुमा आएको बाढीको पानीले दर्जनौ गाउँहरु डुबानमा परेका छन्। बाराका लालबकैया, पसाह, दुधौरा, बालगंगा लगाएतको खोलाहरुमा आएको बाढीले गाउँ र बस्तीहरुलाई डुबानमा पारेको हो।

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : राम र अयोध्याबारे बहस गर्ने बेला हो यो ?

प्रधानमन्त्री ओलीले राम र अयोध्यायका कुरा उठाएर देशका जल्दाबल्दा मुद्दा र समस्यालाई ओझेलमा पार्न खोजेको आरोप नेता रावललेलगाएका हुन् ।

भारतीय हस्तक्षेपका कारण हरेक वर्ष डुबान : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भारतको हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताएका छन्। भारतको हस्तक्षेपका कारण वर्षौंदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उनले बताए।

डुब्यो ‘गोबरगाढा’ गाउँ, डुबान पीडितको उद्धारका लागि हाइअलर्टमा उद्धारकर्मी

मनसुनसँगै निरन्तरको बर्षापछि कोसी नदीमा बढेको पानीको बहाव हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा गाउँ पसेपछि ढुबान भएको छ ।

कैलालीको भजनी र जोशीपुर डुबानमा

कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ। काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिइन्।

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ।

दक्षिणपश्चिम चीनमा व्यापक वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु

चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ।

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोसी–मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ।

ड्याम र डुबान क्षेत्रमा मुआब्जा वितरणको तयारी

सरकारको प्रमुख प्राथमिकतामा परेको सुनकोसी मरिण डाइभर्सन आयोजनाको काम सुरु गर्न तयारी तीव्र पारिएको छ।

सीमामा डुबानको समाधान खोजिने

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बर्सेनि हुने डुबान समाधानका लागि निष्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय सांसद अजयकुमार निषादले बताएका छन्।

सीमामा डुबानको समाधानका लागि बैठकको तयारी

भारत र नेपालको सिमावर्ती क्षेत्रमा बर्षेनी भीषण रुपमा देखा पर्ने डुबानको समस्या समाधानका लागि निश्कर्षमुखी बैठकको तयारी भइरहेको भारतीय साँसद अजयकुमार निषादले बताएका छन्।

बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो

भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ।

अविरल वर्षाले बाँके खजुराका सयौं घर डुबानमा

अबिरल वर्षाले बाँके, खजुराका सयौं घर डुबानमा परेका छन्। वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढ्दा खजुरा गाउँपालिका वडा नम्बर ६ र ७ का सयौं घर डुबानमा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जानकारी दिएको छ। समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले खजुरा गाउँपालिकाको वडा नम्बर ६ र ७ डुबानबाट बढी मात्रामा प्रभावित भएको बताए।

अविरल वर्षाले डुब्यो नेपालगञ्ज (फाेटाे फिचर)

अविरल रुपमा परेको वर्षाले बुधबार नेपालगन्जसहित आसपासको क्षेत्र डुबानमा परेको छ। बिहानैदेखि सुरु भएको वर्षाले नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्र डुबानमा परेको हो।

नेपाली भूभाग डुबानमा

भारतद्वारा सीमावर्ती बझाहामा बनाइएको २८ वटा ढोकासहितको बाँधजस्तोे स्थायी संरचनाका कारण तीन सय बिघाभन्दा बढी नेपाली भूभाग डुबानमा परेको छ। मायादेवी गाउँपालिका–४ स्थित तुलसी डिहवामा, पिपराको तुल्सीडहवा गौरा गाउँ सेरोफेरोका धानखेत डुबानमा परेका हुन्। डुबानकै कारण दुई दशकयता कृषकले खेतीपाती राम्ररी स्याहार्नै पाएका छैनन्। भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षायाममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्