१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतीय हस्तक्षेपका कारण हरेक वर्ष डुबान : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भारतको हस्तक्षेपका कारण नेपाल डुबानमा पर्ने गरेको बताएका छन्। भारतको हस्तक्षेपका कारण वर्षौंदेखि नेपालले क्षति व्यहोर्दै आएको र त्यसलाई रोक्न नसक्दा नेपाल डुबानमा पर्ने गरेको उनले बताए।  

प्रतिनिधसिभाको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भारतले सीमा क्षेत्रमा बनाएको बाँधरुपी सडकले नेपालको तराई क्षेत्रमा डुबान पर्ने गरेको बताए। उनले भने, 'वर्षौदेखि क्षतिहरु हामीले व्यहोरेका छौँ। यो बाह्य हस्तक्षेपको कारणले गर्दा हो। बाह्य हस्तक्षेप रोक्न नसक्दा पनि हामीलाई डुबायो। भारतले समानान्तर रुपमा बाँध बनाउँदा, बाँधरुपी बाटो बनाउँदा पनि हरेक वर्ष तराईमा डुबान हुने गरेको छ। यो एक ढंगले भारतीय पक्षले नेपालमा गरेको हस्तक्षेप नै हो। हामीले राजनीतिक रुपमा भन्दा त्यो हस्तक्षेप नै हो।’

गृहमन्त्री थापाले भारत सरकारसँग पटक पटक भएका सन्धी सम्झौताहरु कार्यान्वयनमा नआउँदा समस्या आउने गरेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला समेत सहमति बनेको र अध्ययन समिति समेत गठन भएपनि त्यो कार्यान्वयनको चरणमा जान नसकेको उनले प्रष्ट्याए। नेपाल हुँदै भारततर्फ जाने नदिलाई भारतले निकास नदिँदा समस्या भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भारतले आफ्नो रक्षाका लागि बाँध बनाएपनि नेपालको राष्ट्रिय हितमा धक्का लागेको बताए। भारतले नेपालसँग गरेको सन्धी, सम्झौताहरु कार्यान्वयन गरी यसको निकास दिनुपर्ने पनि मन्त्री थापाको भनाई छ।

 

प्रकाशित: २९ असार २०७७ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App