सरकारको एक वर्ष: कूटनीतिक सक्रियता, लाभको प्रतीक्षा
नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ।
नेपालले करिब डेढ दशकअघिदेखि उठाउँदै आएको हिमालको मुद्दा यसपटक स्वीकृत भएको छ।
मधेश प्रदेश सरकारले संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
बैंकको सेवा प्रवाहमा बैंकका ऋणी राजेश बास्कोटाले अवरोध सिर्जना गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ।
नेपाल सुपर लिगको दोस्रो संस्करणको खेल अन्र्तगत अहिले धनगढी एफसी र विरगन्ज युनाइटेड एफसी बिच खेल भइरहेको छ।
अघिल्लो हप्ता जाजरकोटमा गएको भुकम्प प्रभावित क्षेत्रबाट फर्किए लगतै नेपाली काँग्रेसका दुई महामन्त्रीले सुझाव सहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाएका छन।
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।
बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभाका २२ सदस्यले आ–आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराएका छन। बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि घटेको चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षकै कारण संसद बैठक अझै खुल्ने सुनिश्चित नभएको बताएका छन्।
पूर्वी नेपालको धरानमा महामारी बनेको डेंगी काठमाडौँ भित्रिएको खबरले सर्वसाधारण त्रसित हुन पुगेका छन्। अझ त्यो भन्दा पनि डरलाग्दो पक्ष त अझै तीन महिना यो समस्या कायमै रहने विज्ञहरूको चेतावनी हो।
असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्।
इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ मा जस्तो कपनको खोलामा पनि राजनीति छिरेको छ। उपन्यासमा जस्तै कपनमा पनि राजनीतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोशको भाव अधिक देखिन्छ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यक्त प्रतिबद्धता पूरा गर्न जोडबल लगाउनुपर्ने राजनीतिक दलहरूको ध्यान भने चार वर्षपछि हुने निर्वाचनमा केन्द्रित देखिन्छ।
वीरगञ्ज महानगरपालिका–१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपछि बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके।
अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता हुने गरी संसद्मा प्रस्तावित मुलुकी अपराध संहिता, २०७४ ऐन संशोधन विधेयकप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिको कार्यभार पूरा गर्न केन्द्रित रहेको बताएका छन। नेपालमा उत्पादित पशुआहार (साइलेज) पहिलो पटक चीन निर्यात गर्न चितवनमा आज आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए।