२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सेवा प्रवाहमा अवरोध सम्बन्धमा इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

बैंकको सेवा प्रवाहमा बैंकका ऋणी राजेश बास्कोटाले अवरोध सिर्जना गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ।

भिरपाखा रिसोर्ट एन्ड फनपार्क तथा बास्कोटा कृषि तथा पशुपालनको नाममा बैंकबाट ऋण लिएका बास्कोटाले बैंकले स्वीकृत गरे अनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिँदै आएको अनुदान रकमबाट बन्चित गरिएको, बैंकले व्यवसायनै बन्द गराएको जस्ता आरोप लगाइ आफूलाई आत्मदाह गर्न बाध्य बनाएको भनी बैंक बिरुद्व प्रचारबाजी गरेको बैंकले बताएको छ।

बास्कोटाले बैंकका कर्मचारीहरूलाई मानसिक यातना दिने, कर्मचारीको घरमा गई अपहरण शैलीमा लैजाने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काइदिने जस्ता धम्की दिने, गाली गलौज, मानहानी गर्ने, शाखा कार्यालयमा नारा जुलुस तथा हुलहुज्जत आदि गरेको बैंकले  जनाएको छ।

बैंकका अनुसार बास्कोटालाई कृषि तथा पशुपालनको नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भइसकेको छ। यस्तै भिरपाखा रिसोर्ट एन्ड फनपार्क प्रालिको नाममा स्वीकृत विभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्तबमोजिम आंशिक कर्जा सुविधा प्रवाह भइसकेको बैंकले बताएको छ।

बैंकले बाँकी कर्जा रकम ऋणीको परियोजना प्रगति भए अनुसार दिइने गरी कर्जा स्वीकृत गरिएको हुँदा सम्झौतामा उल्लेखित शर्तहरू मुतावित प्रवाह नभएको जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०८० ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App