१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आँखा पाक्ने जोखिम अझै दुई साता

सफाइमा ध्यान दिए सर्दैन

असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्। तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्।

नेपाल आँखा अस्पतालका निर्देशक डा. कमलबहादुर खड्काले भने, ‘यो संक्रमण भदौको तेस्रो सातासम्म जारी रहने सम्भावना छ।’ उनका अनुसार दुई दिनदेखि अस्पतालमा उपचार गर्न आउने संक्रमितको संख्या केही घटेको देखिए पनि संक्रमणको अवधि बाँकी नै रहेकाले सबैलाई सचेत हुन आग्रह गरे।

नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष डा. निनु चौधरीका अनुसार पछिल्लो दुईतीन दिनयता पानी रोकिएर घाम लाग्न थालेपछि तराईका जिल्लामा संक्रमण दर घटे पनि पहाडी जिल्लामा कायमै छ। आँखा पाक्ने रोग मौसमी भएकाले यो समयमा हरेक वर्षजस्तो संक्रमण रहन्छ। यसको अवधि मध्य असारदेखि भदौको मध्य या अन्तिम सातासम्म जारी रहने छ।

नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष डा. मिनु चौधरीका अनुसार तराईबाट फैलिएको आँखा पाक्ने रोग हिमाली जिल्लाबाहेक सबैतिर फैलिइसकेको छ। उनका अनुसार तराई र पहाडी जिल्लामा यो भाइरसका लागि अनुकुल मौसम रहेकाले संक्रमण दर बढी देखिएको हो।

नेपाल अप्थाल्मिक सोसाइटीकी अध्यक्ष डा. निनु चौधरीका अनुसार पछिल्लो दुईतीन दिनयता पानी रोकिएर घाम लाग्न थालेपछि तराईका जिल्लामा संक्रमण दर घटे पनि पहाडी जिल्लामा कायमै छ। आँखा पाक्ने रोग मौसमी भएकाले यो समयमा हरेक वर्षजस्तो संक्रमण रहन्छ।

चिकित्सकका अनुसार यो वर्ष फैलिएको आँखा पाक्ने रोगको संक्रमण ‘एडिनो’ भाइरसका कारणले भएको हो। यो भाइरसले रोग संक्रमण गराएपछि निको हुन एकदेखि दुई साता लाग्ने छ। यो वर्ष आँखा पाक्ने रोग धेरैमा सर्नुको मुख्य कारण संक्रमितको मोबाइल परिवारका अन्य सदस्यका हाता सजिलै पुग्ने भएकाले आँखा पाक्ने रोग पनि सरेको बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा साउन २६ भित्र आँखा अस्पतालहरूले पठाएको तथ्यांकअनुसार नेपालमा ४४ हजार ८ सय ६० जना संक्रमित भएको देखिन्छ।

यो तथ्यांकमा सबै आँखा अस्पतालहरूको तथ्यांक समावेश हुन सकेको छैन। तराईका आँखा अस्पतालहरू पुगेका बिरामीमध्येमा ५० प्रतिशतमा आँखा पाक्ने रोग संक्रमण भएको पाइएको छ। महाशाखाको जुनोसिस शाखाका प्रमुख डा. हेमन्त ओझाले पनि केही साताभित्र नियन्त्रणमा आउने सम्भावना रहे पनि भदौको अन्तिमसम्म जारी रहने सम्भावना रहेको बताए। सबै अस्पतालहरूको एकमुष्ठ तथ्यांक प्राप्त हुन नसकेको उनले जानकारी दिए।

चिकित्सकका अनुसार यो वर्ष फैलिएको आँखा पाक्ने रोगको संक्रमण ‘एडिनो’ भाइरसका कारणले भएको हो। यो भाइरसले रोग संक्रमण गराएपछि निको हुन एकदेखि दुई साता लाग्ने छ।

यो भाइरस संक्रमण भएलगत्तै आँखा चिलाउने, रातो हुने, असजिलो हुने र विस्तारै आँखाबाट पानी बगिरहने, घाममा आँखा हेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छ। यीमध्ये सुरुकै लक्षण देखिनेबित्तिकै उपचार नगरेमा संक्रमणले आँखाका नानी प्वाल परेर दृष्टि गुम्न सक्ने र कतिपयका आँखाका नानीमा घाउ बनेर फुलो पर्न जान्छ। यसले पनि दृष्टिमा समस्या ल्याउन सक्ने भएकाले सकेसम्म आँखा पाक्ने रोगबाट बच्ने र संक्रमण भइहालेमा लक्षण देखिनेबित्तिकै चिकित्सकको सुझावमा मात्र औषधी प्रयोग गर्न जरुरी छ।

आँखा संवेदनशील अंग भएकाले रोग संक्रमण भइहालेमा जथाभावी औषधी प्रयोग गर्न नहुने नेपाल आँखा अस्पतालका निर्देशक डा. खड्काले सुझाए। उनका अनुसार अस्पतालको पहुँच नभएका बिरामीले फार्मेसीसँग नाम तोकेर मात्र औषधी प्रयोग गर्न सक्नेछन्।

फार्मेसीमा उपलब्ध हुने सिप्रोफ्लोसासिन, मोक्सी सिप्रोफ्लोसासिन र टोब्रामाइसिन जस्ता साधारण एन्टिबायोटिक किन्ने र संक्रमणको तह अनुसार दैनिक चारदेखि ६ पटकसम्म औषधी आँखामा राख्न सकिन्छ। यो सरुवा रोग छिटै अरूमा संक्रमित हुने र स्वास्थ्यमा हानि पुर्‍याउने भएकाले सबैले सचेत हुन जरुरी रहेको चिकित्सकहरूको सुझाव छ।

डा. चौधरीका अनुसार कोरोना संक्रमणको अवधिमा जस्तै भीडभाडमा नजाने, दैनिक चारपाँचपटक हातको सफाइ गर्ने, सकेसम्म हातले अनुहार र आँखामा नछुने, पानी नभएको ठाउँमा सेनिटाइजरले हात सफा राख्ने, अरूका लुगा तथा रुमाल, बेड प्रयोग नगर्ने, आँखा पाकेको लक्षण भएका व्यक्तिको नजिक नबस्ने, एउटै सामान प्रयोग नगर्ने, उनीहरूले प्रयोग गरेको मोबाइल प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनुपर्छ।

आँखा संवेदनशील अंग भएकाले रोग संक्रमण भइहालेमा जथाभावी औषधी प्रयोग गर्न नहुने नेपाल आँखा अस्पतालका निर्देशक डा. खड्काले सुझाए। उनका अनुसार अस्पतालको पहुँच नभएका बिरामीले फार्मेसीसँग नाम तोकेर मात्र औषधी प्रयोग गर्न सक्नेछन्।

आँखामा संक्रमित भएका व्यक्तिले पनि यस्तै सावधानी अपनाउनुपर्ने डा. चौधरीको सुझाव छ। उनका अनुसार संक्रमित व्यक्ति विद्यालय तथा कार्यालयमा नजाने, घरमै आराम गरेर बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, आँखा सफा पानीले धुने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकले सुझाएका छन्।

प्रकाशित: ३ भाद्र २०८० ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App