७ वैशाख २०८१ शुक्रबार

रहेनन् पौभाः चित्रकलाका अभिभावक प्रेममान

पौभाः चित्रकलाका अभिभावक प्रेममान चित्रकारको ७६ वर्षको उमेरमा आइतबार निधन भएको छ । रोगले च्यापेपछि बिहीबारदेखि कलंकीस्थित नेसनल अस्पतालको आइसियुमा उनको उपचार भइरहेको थियो ।

चित्रकलामा चासो

भविष्यमा मलाई चित्रकलासम्बन्धी थप अध्ययन गर्ने रुचि छ । मलाई घरपरिवारबाट पनि सहयोग गरिरहनुहुन्छ । उहाँहरूले आफ्नो रुचि केमा छ त्यो कार्यलाई मन लगाएर गर । अवश्य सफलता मिल्नेछ भनी प्रेरणा दिइरहनुहुन्छ।

चित्रकलाकै काममा व्यस्त कलाकार

वरिष्ठ चित्रकार भीम शर्मा लकडाउनका समय पनि चित्र कोर्नमै व्यस्त भए । उनी अहिले ‘लकडाउन’ र ‘कर्म’ शीर्षकमा रहेर चित्र कोर्दैछन् । लकडाउनमा व्यस्त उनले आफुलाई घरमा बस्दा त्यस्तो कुनै तनाव नभएको बताउँछन् । ‘लकडाउनभर पेन्टिङ नै मुख्य काम रह्यो, यस अवधिमा मैले दुई वटा सिरिजमा काम गर्ने मौका पाएँ,’ शर्मा भन्छन्, लकडाउनमा घरमा बस्दा मलाई कुनै पनि तनाव भएन, एउटै कामलाई लामो समयसम्म निरन्तरता दिन पाउँदा लकडाउन त हामी कलाकारको लागि अवसर नै आए जस्तो लाग्यो ।’

पातपतिङरबाटै आकर्षक चित्र !

सुकेका झारपातलाई क्यानभासमा टाँसेर चित्र बनाउने जापानी शैली ‘हानानो ओशिवाना’ नेपालमा भित्र्याउने कलाकार हुन्–मिलन शेरचन। उनको ‘लिपुलेक’ शीर्षक चित्रकलाले भर्खरै ‘राष्ट्रिय ललितकला पुरस्कार’ जितेको छ।

सिक्लेसका तारा

चित्रबाटै नेपालको प्रकृति, संस्कृति, ऐतिहासिक सम्पदा र जीवनशैली प्रवद्र्धन गर्ने सद्भावना दूत हुन् कलाकार डिबी गुरुङ । कोरोना महामारीले सिंगो विश्वलाई रुवाइरहेका बेलामा उनी कलामार्फत आशाको फूल फुलाइरहेका छन् ।

लकडाउनमा मैले बनाएका चित्रहरू

भबिश्यमा मेकानिकल इन्जिनियर बन्ने चाहना छ । तर, कलाकर्म पनि छोड्दिन किनकी चित्र बनाउँदा आत्मसंतुष्टि मिल्छ ।

लकडाउनकाे सदुपयाेगः कोहि चित्र कोर्दै, कोहि अध्ययनमा व्यस्त

जहाँ बसेपनि कलाकारले कलाकै सिर्जना गर्ने भएकाले लकडाउनको त्यति असर नपरेको चित्रकार सरिता डंगोलले बताउँछिन्। उनी पनि अहिले चित्रकलाकै काममा आफूलाई केन्द्रित गरेको बताउँछिन्। अर्की चित्रकार विधाता केसीले लकडाउनको समय किताब पढ्ने र फिल्म हेरेर बिताइरहेकी छन्।

जनकपुरमा चित्रकला प्रदर्शनी

जनकपुरमा आइतबारबाट मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य रामआशिष यादवले गरेका थिए।

प्रेमको परिभाषा खोज्दै चित्रकला

प्रेम दिवस नजिकिँदै यसको परिभाषालाई फराकिलो पार्दै चित्रकार ईशान परियार र सविता डंगोलको चित्रकला प्रदर्शनी भइरहेको छ।

चित्रकला कोर्न सिक्दै विद्यार्थी

नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका प्राज्ञ तथा चित्रकार रमेश खनाल शनिबार विद्यार्थीहरूलाई चित्रकला सिकाउन व्यस्त देखिए। लाजिम्पाटस्थित उनको निवासमा रहेको अरुपण ग्यालरीमा भेला भएका विद्यार्थीहरू उनीसँग कलामा विभिन्न ज्ञान लिइरहेका थिए।

हाउस अफ प्यालेट्समा चित्रकला सिक्दै सर्वसाधारण

अभिनेत्री साम्राजी राज्यलक्ष्मी राणाले सामाजिक सञ्जालमा चित्रकला बनाएको फोटो पोस्ट गरेकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरिएको सो पोस्टको क्याप्सनमा उनले लेखेकी छन्,‘धेरै वर्षपछि मैले फेरि चित्रकला रंगाउने कोशिस गरें।’

जापानमा आठ बाल चित्रकलाले प्रतिस्पर्धा गर्दै

जापानमा आयोजना हुने मित्सुबिसी एसियाली बालचित्र महोत्सवमा नेपालका आठ बालकलाकारको कलाहरू छनोट भएका छन्।

चित्रकलाबाट अस्पताल निर्माण

यहाँका चित्र लैजान सक्नुहुन्छ र बदलामा अस्पतालका लागि आवश्यक सामग्री दिन सक्नुहुन्छ। हामी नेपालमा सामुदायिक अस्पताल खोल्दैछौँ– यही नोटका कारण प्रदर्शनीमा राखिएका एक सय १९ चित्र कुनै पनि बाँकी रहेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्