१५ मंसिर २०८१ शनिबार
image/svg+xml

१४ राजदूतको नाम फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले केपी ओली सरकारले सिफारिस गरेका १४ राजदूतलाई फिर्ता बोलाउने नयाँ सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले भदौ आठ गतेसम्म उक्त निर्णय यथास्थानमा राख्न आदेश दिएको हो।

सञ्चार उद्यमी सिंघानीया हत्यामा संलग्न यादबलाई थुनामा राख्न आदेश

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य अभियुक्त रामविनोद यादबलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजालसले मंगलबार यादबलाई थुनामा राख्न आदेश दिएको हो।

दीक्षितमाथिको कारबाही रोक्न आदेश

सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षित परिवारको नाममा रहेको जग्गा र विदेशी बैंकमा रहेको खाताबारे भइरहेको कारबाही संविधान र कानुनसम्मत नरहेको भन्दै त्यसलाई रोक्न आदेश दिएको छ। आइतबार सर्वोच्चले दीक्षित परिवार मुद्दाको किनारा नलागेसम्म कुनै पनि कार्य नगर्न भूमिसुधार कार्यालय ललितपुर र राजस्व अनुसन्धान विभागलगायत सरकारी निकायका नाममा अन्तरिम आदेश जारी गरेको हो।

अदालत आदेश लत्याउँदै कार्की

सर्वोच्च अदालतले क्षेत्राधिकार ननाघ्न पटक–पटक दिएको आदेश अटेरी गर्दै आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख लोकमानसिंह कार्कीले अदालतलाई विवादमा तान्ने प्रयास गरिरहेका छन्।

कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

अख्तियारले सात चिकित्सकमाथि थालेको कारबाही रोक्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका सात डाक्टरहरुलाई थालिएको कारवाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।

अधिकार सीमा ननाघ्न फेरि आदेश

सर्वोच्च अदालतले आफ्नो क्षेत्राधिकार बाहिर गएर काम नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पुनः आदेश दिएको छ। व्यक्तिका नाममा रहेका घरजग्गा सरकारको स्वामित्वमा ल्याउन मालपोत अख्तियारले कार्यालयलाई दिएको निर्देशनविरुद्ध परेको रिटमा सर्वोच्चले बिहीबार दोस्रोपटक उसको अधिकार क्षेत्र स्मरण गराउँदै यस्तो आदेश दिएको हो।

गढीमाइकाे बलि राेक्न सर्वाेच्चकाे आदेश

काठमाडौं-सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

सर्वोच्चको आदेश मिच्दै दीक्षितको जग्गा 'कब्जा'

सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षित परिवारका नाममा रहेको जग्गा र विदेशी बैंकमा रहेको खाताबारे गरिरहेको कारबाही अघि नबढाउन जिल्ला भूमिसुधार कार्यालय, ललितपुर र राजस्व अनुसन्धान विभाग लगायतका सरकारी निकायका नाममा अन्तरकालीन आदेश जारी गरेको छ।

केडियाको अपहरणमा संलग्न ५ अभियुक्तलाई थुनामा राख्न आदेश

बारा– उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जना अभियुक्तलाई पुर्वाक्षको लागि थुनामा राख्न बारा जिल्ला अदालतले बुधबार आदेश दिएको छ।अपहरणकारीले जेठ १३ गते महागढीमाई नगरपालिका १ पसाह खोलको पुल नजिकबाट उद्योगी सुरेश केडिया सवार गाडीका चालकलाई गोली प्रहार गरी केडियालाई अपहरण गरी भारत पु–याएका थिए।

बाधा अड्काउ फुकाउ आदेश संसदबाट पारित

काठमाडौं- व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन्।

बाधा अड्काउ फुकाउ आदेशमाथि छलफल

व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति विद्या भण्डारीद्वारा हिजो (सोमबार) जारी भएको बाधा अड्काउ फुकाउने आदेशमाथिको सामान्य छलफल सुरु भएको छ। बैठकमा कानुनमन्त्री अग्नि खरेलले बाधा अड्काउ फुकाउने राष्ट्रपतिको आदेशलाई संसद बैठकमा पेश गरेका थिए।

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी भएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले पठाएको सिफारिसका आधारमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

६ वर्षअघिको हत्या अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सर्लाही– सर्लाहीको बत्रौलमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेर ६ वर्षअघि जिल्ला सरकारी वकिल कार्यालयबाट हाजरी जवानीमा छुटेका अभियुक्तलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

प्रधानमन्त्रीको ठाडो आदेशमा स्वास्थ्य सचिव नियुक्त

प्रधानमन्त्री केपी ओलीले ठाडो आदेश दिएर नयाँ स्वास्थ्य सचिवमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेका छन्। नेकपा माओवादी केन्›ले समर्थन फिर्ता लिई सत्ताबाट बाहिरिएपछि अल्पमतमा परेको प्रधानमन्त्री केपी ओली सरकारले व्यवस्थापिका संसद्का प्रमुख दुई दलको आग्रहविपरीत नयाँ स्वास्थ्य सचिव नियुक्त गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्