जनताको आदेशमा खेलबाड
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा परेको छ । राजनीतिक हिसाबले ओली सरकारको आयु समाप्त भए पनि संसदीय गणितबाट उनी हटाइएका छैनन् । प्रमुख सहयोगी नेकपा माओवादी केन्द्रले औपचारिकरूपमा साथ र समर्थन फिर्ता लिएको छ र सँगसँगै सत्ता राजनीतिमा नयाँ समीकरण बनेको छ ।