१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रहरीमा एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा एकजना वरिष्ठ उपरीक्षकसहित एक हजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ।

सूचना नदिए कारबाही: प्रमुख आयुक्त बाँस्कोटा

भक्तपुर-प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना उपलब्ध गराउन हिचकिचाहट गरे उनीहरुमाथि कारबाही गर्ने बताएका छन्।

उपभोक्ता हितविपरीत व्यवसाय गर्नेलाई कारबाही हुन्छः मन्त्री पुन

काठमाडौँ– आपूर्तिमन्त्री गणेशमान पुनले उपभोक्ताको हित विपरीत सामग्री बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यस्ता व्यक्ति वा सङ्घसंस्थालाई कारबाही गरिने बताए। रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मन्त्रालय सहितको टोलीले पछिल्लो समय औषधि, माछा मासु, दूध, मिठाइ र तरकारीमा गरेको अनुगमनमा ती वस्तु उपभोक्ताको स्वास्थ्यको हित विपरीत रहेको पाइएकाले कडा कारबाही गरिने बताए।

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

काठमाडौँ– बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ।

समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही

बिमा समितिले समस्याग्रस्त बिमा कम्पनीलाई सिधै कारबाही गर्न पाउने गरी कानुन बन्ने भएको छ। अहिले कारबाहीको कदम चाल्न अदालतको फैसला कुर्नु पर्छ। समस्याग्रस्त बिमा कम्पनीलाई बिमा समितिलेे सिधै कारबाही गर्ने व्यवस्था सहितको नयाँ बिमा ऐनको मस्यौदा तयार पारिएको छ।

वैदेशिक रोजगारीमा बढ्दो ठगी, मेनपावरलाई कारबाही हुँदैन

काठमाडौं– सजायको भागीदार हुन कतिवटा अपराध गर्नुपर्ला ? सायद सबैले फर्काउने जवाफ हो– हरेक व्यक्ति र संस्थाका लागि एउटै अपराध पर्याप्त हुन्छ। तर, नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहँदा पनि कारबाही भएको छैन।

भ्रष्टाचार गरे न्यायाधीशलाई कारबाही

व्यवस्थापिका संसदमा मंगलबार पेस भएको 'न्याय परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक' मा न्यायाधीशका लागि भ्रष्टाचार निवारण ऐन २०५९ लागू हुने व्यवस्था गरेपछि उन्मुक्ति नपाउने भएका हुन्।

उद्योगीको धम्कीले कारबाही फिर्ता

ग्यास उद्योगीको गैरकानुनी धम्कीले अन्ततः सरकार झुकेको छ। ललितपुर र कालिमाटी ग्यास विस्फोटको वास्तविक तथ्य सार्वजनिक नहुँदै सरकारले एचपी ग्यास उद्योगलाई गरेको कारबाही फिर्ता लिएको छ। उद्योगीको दबाबपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस कैलालीको ढुंगा, बालुुवा र गिट्टीको टेन्डरमा मिलेमतो गरेर रकम बाँडीचुँडी खाएको विषयमा मन्त्रालयबाटै छानबिन गर्ने बताएका छन्। जिल्ला विकासको एक करोडभन्दा बढी रकम कम हुने गरी दर्ता भएको टेन्डर रोक्ने र आर्थिक चलखेलमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ।

'कारबाही छल्न' ग्यास रोक्ने धम्की'

ग्यास उद्योगीले सरकारी कारबाहीबाट बच्न भारतबाट ग्यास नल्याउने धम्की दिएका छन्। सरकारले एचपी ग्यास कम्पनीको ग्यास ल्याउने अनुमति (प्रोडक्ट डेलिभरी अर्डर–पिडिओ) रोकेर कानुनी कारबाही अघि बढाएपछि 'गैरव्यवसायी चरित्र' देखाउँदै नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारबाट ग्यासको पिडिओ नलिने घोषणा गरेको हो।

रिक्सा चालकलाई ‘किक’ हान्ने प्रहरी कारबाहीमा

विराटनगर- विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवान कारबाहीमा पर्ने भएका छन्। रिक्सा चालकलाई लात्तीले हान्दै गरेको तस्बिर सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि इटहरीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले कारबाहीप्रक्रिया थालेको  हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्