१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीमा एसएसपीसहित १४ सयलाई विभागीय कारबाही

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा एकजना वरिष्ठ उपरीक्षकसहित एक हजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ। जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन्। एकजना प्रहरी उपरीक्षकको पदोन्नति रोक्का र चार जनाले नसिहत पाएका छन्।

यस अर्थिक वर्षमा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाटै बर्खास्त गरेको छ । यस्तै, तीन जना नायव निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाएको कार्यालयले जनाएको हो । दुई जना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन् । प्रधान कार्यालयका अनुसार अघिल्लो वर्ष विभागीय कारबाहीमा पर्नेको संख्या एक हजार सात सय तीन थियो । यस वर्ष करिब तीन सय कम प्रहरी अधिकारी कारबाहीमा परेका हुन् ।

प्रहरी प्रवक्ता नायव महानिरीक्षक माधव जोशीका अनुसार प्रहरीको नयाँ नियमावलीले वृत्ति विकासदेखि अवसरसम्म प्रहरी अधिकारीका सम्पूर्ण गतिविधि मूल्यांकन गर्ने व्यवस्थापछि कारबाहीमा पर्ने प्रहरी संख्यामा कमी आएको हो । उनका अनुसार प्रहरी सेवामा आउने नयाँ पुस्ता उच्च शिक्षा हासिल गरेका र भविष्यप्रति सचेत रहेका कारणसमेत बर्सेनि कारबाही संख्या घट्दै गएको छ ।

‘बढुवा, शान्ति सेना र सरुवासमेतमा प्रहरी अधिकारीका गतिविधिको मूल्यांकन हुन्छ, हिजोको प्रहरी र आजको प्रहरीमा आएको सोचका कारण पनि प्रहरी आचरण विपरीत गर्नेको संख्या घटेको हो,’ जोशीले नागरिकसँग भने ।

कारबाही पर्नेमा प्रहरी हवल्दार र सिपाही संख्या पछिल्ला वर्षमा जस्तै यस वर्ष पनि उच्च छ । यस वर्ष दुई सय ९८ प्रहरी हवल्दार र आठ सय ९२ प्रहरी जवान कारबाहीमा परेका हुन् । अघिल्लो वर्ष दुई सय ८२ प्रहरी हवल्दार र एक हजार एक सय ५० प्रहरी जवानलाई प्रधान कार्यालयले कारबाही गरेको थियो । 

व्यावसायिक बनाउन तीनवर्षे कार्र्ययोजना

प्रहरीमा रहेका कनिष्ठ सुरक्षाकर्मीलाई लक्ष्य गरी तीनवर्षे कार्ययोजना निर्माण भएको छ । प्रहरीमा आवश्यक अधिकारीलाई आवश्यकता अनुसारको तालिम दिन रणनीति निर्माण भएको हो । रणनीतिअनुसार तहगत तालिम र सोहीअनुसार पाठ्यक्रम व्यवस्था गर्ने प्रहरीले जनाएको छ । प्रहरीले प्रशिक्षण विशेष कार्ययोजना २०७३ अनुसार तीन वर्ष अवधिमा ८० हजारभन्दा बढी कनिष्ठ प्रहरी अधिकारीलाई तालिम दिने लक्ष्य राखेको छ । यस्तै, अपराध अनुसन्धान, कार्यसञ्चालन र व्यवस्थापन जस्ता तालिम दुई वर्षमा १२ हजारभन्दा बढीलाई दिइने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । 

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबार शुभारम्भ गरेको कार्ययोजना प्रतिष्ठान नेतृत्वमा देशभर सञ्चालन हुनेछ । यस्तै, प्रतिष्ठानले तयार पारेको इन्टरनेट सर्भर नेपा डट नेपोल डट सिडीको समेत सोमबारबाटै विधिवत सुरुआत गरिएको छ । महानिरीक्षक अर्यालले सोही सर्भरमार्फत् सबै तालिम केन्द्रका अधिकृतसँग भिडियो कन्फ्रेन्समार्फत् निर्देशन तथा अन्तक्र्रिया गरेका थिए । सर्भरअन्तर्गत तालिम क्यालेन्डर, दैनिक तालिम प्रतिवेदन, प्रशिक्षणसम्बन्धी निर्देशन र इ–लाइबे्ररी  लगायत विषय समावेश गरिएको छ ।

महानिरीक्षक अर्यालले प्रहरी सेवालाई नयाँ सोच, नागरिक अपेक्षा र व्यावहारिकताका साथ सञ्चालन गर्नका लागि कार्ययोजना महŒवपूर्ण हुने बताए । ‘गाउँगाउँसम्म फैलिएको नेपाल प्रहरीको सञ्जालमार्फत् बढीभन्दा बढी आमनागरिकको सम्पर्कमा आउने जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा प्रहरी जवानलाई लक्ष्य गरिएको कार्ययोजनाले प्रहरी कार्यको प्रभावकारितामा थप वृद्धि हुनेछ,’ अर्यालले भने ।

कार्ययोजना अनुसार घुम्ती तालिमको समेत व्यवस्था गरिएको छ । प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रशिक्षणका विधि, दृष्टिकोण, नीति, प्रशिक्षार्थी छनोटको आधारमा परिवर्तन जस्ता विषयलाई जोड दिइएको बताए।

प्रकाशित: ५ श्रावण २०७३ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App